आईएमएफ भन्छ– बंगलादेशको आर्थिक वृद्धिदर चीनको भन्दा बढी
ढाका । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले एसिया–प्रशान्त क्षेत्रको प्रक्षेपणसम्बन्धी गरेको पछिल्लो प्रतिवेदनअनुसार चालू आर्थिक वर्षमा बंगलादेशको कूल गार्हस्थ्य उत्पादन वृद्धिदरले चीनलाई उछिन्ने देखिएको छ ।
आईएमएफको पछिल्लो प्रतिवेदनअनुसार चालू आर्थिक वर्षमा कूल गार्हस्थ्य उत्पादन वृद्धिदरका आधारमा बंगलादेश भियतनामपछि दोस्रो स्थानमा रहनेछ । आईएमएफको एसिया र प्रशान्त क्षेत्रका लागि क्षेत्रीय आर्थिक मूल्यांकन मे २०२३ को रिपोर्टले पनि बंगलादेशले सन् २०२४ मा वृद्धिको हिसाबले चीनलाई उछिन्न सक्ने अनुमान गरेको छ ।
बंगलादेशमा सन् २०२३ मा कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर ५.५ प्रतिशतमा खुम्चिनेछ, जुन चीनको अनुमानित ५.२ प्रतिशतको वृद्धिदरभन्दा अझै बढी रहेको डेली सनले जनाएको छ । यद्यपि चीनको अर्थतन्त्र बंगलादेशको भन्दा निकै ठूलो छ । आईएमएफको प्रतिवेदनअनुसार बंगलादेशका लागि हालै स्वीकृत विस्तारित कोष सुविधाले युक्रेनमा रूसको युद्धका कारण उत्पन्न आर्थिक चुनौतीहरूलाई सम्बोधन गर्न मद्दत गर्नेछ, लचिलोपन साथै स्थिरता सुविधा व्यवस्थाले जलवायु लगानी प्राथमिकताहरू वित्तपोषण गर्न वित्तीय स्थान विस्तार गर्नेछ र दीर्घकालीन जलवायु जोखिमहरूको विरुद्ध लचीलापन निर्माण गर्नेछ ।
प्रतिवेदनले विशेष गरी बंगलादेश र प्रशान्त टापुहरू सहित यस क्षेत्रका कमजोर उदीयमान बजारहरूमा जलवायु परिवर्तन अनुकूलनका लागि वित्तीय सहायता सुरक्षित गर्न, अन्तर्राष्ट्रिय सहयोगको महत्वलाई उजागर गरेको डेली सनको रिपोर्टमा उल्लेख गरिएको छ । बंगलादेशको तीव्र आर्थिक विकासको बावजुद आईएमएफका अधिकारीहरूले देशको केही समष्टिगत आर्थिक सूचकहरूबारे चिन्ता व्यक्त गरेका छन् ।
आईएमएफको टोलीले सन् २०२३ को अप्रिल २५ देखि मे ७ सम्म बंगलादेशको राजधानी ढाकामा हालैका समष्टिगत आर्थिक घटनाक्रम र यसको कार्यक्रम कार्यान्वयनका बारेमा छलफल गर्न ढाकाको भ्रमण गरेको थियो । भ्रमणको समापनमा बंगलादेशका लागि मिसन प्रमुख राहुल आनन्दले एक वक्तव्य जारी गर्दै चुनौतीपूर्ण आर्थिक पृष्ठभूमिका बाबजुद एसिया–प्रशान्त क्षेत्रमा सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको अर्थतन्त्रमध्ये बंगलादेश एक रहेको बताएका छन् ।
निरन्तर मुद्रास्फीतिको दबाब, विश्वव्यापी वित्तीय स्थितिमा अस्थिरता र प्रमुख उन्नत व्यापारिक साझेदारहरूमा मन्दीले यसको वृद्धि, विदेशी मुद्रा सञ्चिति र यहाँको मुद्रा टाकालाई असर गरिरहेको आनन्दले बताए । रिपोर्टका अनुसार बंगलादेशको विदेशी मुद्रा सञ्चिति पछिल्लो समय छ वर्षयताकै न्यून विन्दुमा झरेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया