Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदकराँते खेलबाट नेपालको पहिचान बढ्दै

कराँते खेलबाट नेपालको पहिचान बढ्दै


काठमाडौं :  पुष २१ र २२ मा भारतको गोहाटी आसाममा भएको दोस्रो अन्तराष्ट्रिय खुल्ला क्योकुशिन कराते प्रतियोगिता २०२४ मा सम्पन्न खेलमा नेपाल क्योकुशिन वल्ड वे का २१ जना खेलाडीहरुले सहभागिता जनाएका छन् ।

नेपालबाट पुरुषमा गणेश प्रसाद चौधरी, दिनेश मान, होम बहादुर राई, आशिष तामाङ्ग, शुसान्त तामाङ्ग र महिला तर्फ अनिशा तामाङ्ग, सिवानी आलेमगर, दिक्षा मध्ये जम्मा ८ जना खेलाडीहरुले स्वर्णपदक लिन सफल भएका छन् ।

त्यस्तै प्रतियोगिताको रजत पदकमा पुरुषतर्फ सरोज श्रेष्ठ, विवेक नेपाली, पूर्ण गुरुङ्ग र महिला तर्फ निसू तामाङ्ग तथा कास्यपदकमा साक्षी ढकाल र पुरुषतर्फ बाबुकष्ण महर्जन, आसुतोष जसवाल, केशव विक, अन्जता बुढाथोकी, साजन नेपाली, विवेक बर्देवाले कडा प्रतिस्पर्धा गरि पदकहरु जितेका छन् ।

कराँते खेलबाट अन्तराष्ट्रिय जगतमा नेपालको पहिचान दिन सफल हुँदै आएको नेपाल क्योकुशिन वल्ड वे का ब्रान्चचिफ गणेश प्रसाद चौधरीले बताए ।


क्याटेगोरी : खेलकुद

तपाईको प्रतिक्रिया