Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदप्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको लर्डबुद्ध एजुकेसन प्रायोजक

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको लर्डबुद्ध एजुकेसन प्रायोजक


काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितालाई लर्डबुद्ध एजुकेसन फाउन्डेसनले प्रायोजन गरेको छ । सबैभन्दा ठूलो घरेलु प्रतियोगिताका रूपमा रहेको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको प्रायोजनसम्बन्धी सम्झौतामा फाउन्डेसनका अध्यक्ष पंकज जलान र क्रिकेट एसोसिएसन अफ नेपाल क्यानका सचिव पारस खड्काले हस्ताक्षर गरेका छन् ।

प्रतियोगितामा सहभागी १० टोली र अफिसियललाई पोशाकलगायतका अन्य सुविधा फाउन्डेसनले उपलब्ध गराउने सहमतिमा उल्लेख छ । शिक्षा र खेलकुदलाई जोड्नका लागि पनि जारी प्रतियोगिताको प्रायोजन गरिएको लर्डबुद्ध एजुकेसन फाउन्डेसनले जनाएको छ । नेपालमा क्रिकेटको भविष्य राम्रो रहेको र खेलाडीहरूलाई प्रोत्साहन गर्नका लागि प्रधानमन्त्री कप क्रिकेटको प्रायोजन गरिएको फाउन्डेसनका अध्यक्ष जलानले बताए । उनले भने, ‘खेलाडीलाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्न निजी क्षेत्रबाट सहयोगको खाँचो छ, क्रिकेटको भविष्य राम्रो छ यसले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा पनि पहिचान गराउने भएकाले सबैको साथ सहयोग हुन जरुरी छ ।’

क्यानका सचिव पारस खड्काले घरेलु प्रतियोगितामा पनि प्रायोजन आउन थाल्नु क्रिकेटको भविष्यका लागि सुखद् भएको बताए । फाउन्डेसनसँग आगामी दिनमा पनि सहकार्य गर्दै जाने उनको भनाइ थियो । नेपालमा क्रिकेटको भविष्य उज्ज्वल रहेकाले आगामी दिनमा मैदानको पूर्वाधार विकासमा ध्यान दिनुपर्ने उनले बताए ।


क्याटेगोरी : खेलकुद
ट्याग : #page 3

तपाईको प्रतिक्रिया