Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदडीएभीको फुटसल प्रतियोगिताको उपाधि विनायक सिद्ध कलेजलाई

डीएभीको फुटसल प्रतियोगिताको उपाधि विनायक सिद्ध कलेजलाई


काठमाडौं । डीएभी कलेजले आयोजना गरेको पाँचौँ डीएभी प्लस टु अन्तर कलेज सिक्स ए साइड फुटसल प्रतियोगिता उपाधि विनायक सिद्ध कलेजले पाएको छ । विजेता विनायक सिद्ध कलेजले तीन लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको थियो ।

यस्तै, प्रतियोगितामा उपविजेता टिम कुमारी एकेडेमीले दुई लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्रका प्राप्त गरेका छन् । साथै, उत्कृष्ट खेलाडी डीएभी कलेजका भारगव सिलवाल, उत्कृष्ट गोलरक्षक कुमारी एकेडेमीका विवेक श्रेष्ठ र उच्च गोलकर्ता विनायक सिद्ध कलेजका महेश दर्नाल भएका थिए । उनीहरूले जनही नगद १५ हजार रुपैयाँ, व्यक्तिगत ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताका विजयी टिम तथा उत्कृष्ट खेलाडीहरूलाई केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडिया, कलेजका प्रिन्सिपल सुमन बस्नेत, शिवशक्ति युनिफर्मका सञ्चालक÷एकल विद्यालय फाउन्डेसनका अध्यक्ष महावीर अग्रवाल तथा ग्लोबल टचका नेसनल डाइरेक्टर निशान्त श्रेष्ठले संयुक्तरूपमा पुरस्कार वितरण गरेका थिए ।

कलेजको आफ्नै फुटसल मैदानमा भएको सो प्रतियोगितामा ४२ कलेजहरूले सहभागिता जनाएको कलेजले जनाएको छ । प्रतियोगिताको गत शुक्रबार केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडिया, नेपालका पूर्व राष्ट्रिय फुटबल खेलाडी प्रदीप महर्जन तथा कलेजका प्रिन्सिपल सुमन बस्नेतले संयुक्तरूपमा उद्घाटन गरेका थिए । चार दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगिता प्लस टु तहको सबैभन्दा ठूलो धनराशिको प्रतियोगिता भएको कलेजका प्रिन्सिपल सुमन बस्नेतले बताए । खेलकुदका माध्यमबाट विद्यार्थीमा अनुशासनको विकास तथा प्रतिभाशाली फुटबल खेलाडी तयार गर्ने उद्देश्यले कलेजले सो प्रतियोगिताको आयोजना गरेको थियो ।


क्याटेगोरी : खेलकुद
ट्याग : #page 3

तपाईको प्रतिक्रिया