Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुद‘चाइनिज न्यु इयर कप’ फुटबलको उपाधि नेपाललाई

‘चाइनिज न्यु इयर कप’ फुटबलको उपाधि नेपाललाई


काठमाडौं । बीवाईडीले प्रायोजन गरेको नेपाल–चीन मैत्रीपूर्ण फुटबल म्याच ‘चाइनिज न्यु इयर कप’ को उपाधि नेपालले जितेको छ । शनिबार दशरथ रंगशालमा भएको सो मैत्रीपूर्ण खेलामा नेपाली अन्डर–२३ टीमले चीनको किन्घाई युथ फुटबल टिमलाई ५–१ गोल अन्तरले हराउँदै विजयी भएको हो ।

चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषद्द्वारा संयुक्तरूपमा आयोजना गरिएको खेललाई बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले प्रायोजन गरेको थियो । चिनियाँ नयाँ वर्षको अवसर पारेर आयोजना भएको उक्त मैत्रीपूर्ण फुटबल म्याचसँगै नेपालको प्रख्यात म्युजिक ब्याण्ड कुटुम्बले विभिन्न गीत प्रस्तुत गरेको थियो । साथै, ड्रयागन, लायन र किरिन डान्सले दर्शकलाई अत्यधिक मनोरञ्जन प्रदान गरेको थियो । कार्यक्रममा चीनका राजदूत चेन सब र नेपालको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सहभागिता जनाएका थिए । कार्यक्रम भव्यरूपमा सफल भएको साइमेक्स इंक प्रालिले जनाएको छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #page 3

तपाईको प्रतिक्रिया