Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदआईसीसी क्रिकेट वर्ल्डकप लिग-टू नेपाल नामेबियासँग २ विकेटले पराजित

आईसीसी क्रिकेट वर्ल्डकप लिग-टू नेपाल नामेबियासँग २ विकेटले पराजित


काठमाडौं,आईसीसी क्रिकेट वर्ल्डकप लिग-टू अन्र्तगतको तेस्रो खेलमा नेपाल नामेबियासँग २ विकेटले पराजित भएको छ । टस हारेर पहिले व्याटिङ गरेको नेपालले १६९ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य नामेबियाले ८ बिकेट गुमाएर पुरा गर्न सफल रहयो । नामेबियाका लागि गेर्हार्ड इरास्मस ५२, माइकल भ्यान लिङ्गेन ३१ र जेजे स्मितले नटआउट ३४ रन प्रहार गरि खेललाई जित सम्म पु¥याए । नेपालका लागि कुशल भुर्तेल ३,कुशल मल्ल १,दिपेन्द्र सिंह ऐरी १,रोहित पौडेल १ र ललितराजवंशीले १ विकेट लिए । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३७ दशमलव एक ओभरमा अलआउट हुन पुगेको थियो ।

नेपालका लागि आशिफ शेखले ६४ बल खेल्दै आठ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ५८ रनको योगदान दिएका थिए । त्यस्तै कुशल मल्ल ३८ र भीम सार्की २६, कुशल भुर्तेल १८, करण केसीले १२ रन बनाए । कप्तान रोहित पौडेल, अनिल साह र देव खनानलले भने खाता खोल्न सकेनन् ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि९इटनले समान चाररचार विकेट लिए भने ज्याक ब्रेसल र जेराल्ड एरास्मसले समान एकरएक विकेट लिए । नेपाल पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको थियो ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया