Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदआठ स्वर्ण, दुई रजत र चार कास्यसहित टेम्केमैयुम प्रथम

आठ स्वर्ण, दुई रजत र चार कास्यसहित टेम्केमैयुम प्रथम


टक्सार (भोजपुर) । टेम्केमैयुङ गाउँपालिकाले चौधौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि हासिल गरेको छ । प्रतियोगितामा आठ स्वर्ण, दुई रजत र चार कास्य पदकसहित टेम्केमैयुम गाउँपालिका प्रथम भएको हो ।

प्रतियोगितामा छ स्वर्ण, छ रजत र एक कास्य पदकसहित साल्पासिलिछो गाउँपालिका दोस्रो भएको छ भने भोजपुर नगरपालिका पाँच स्वर्ण, सात रजत र आठ कास्यसहित तेस्रो भएको छ । त्यसैगरी, पाँच स्वर्ण, तीन रजत र चार कास्यसहित षडानन्द नगरपालिका चौथो भएको छ । गत वर्षको विजेता अरुण गाउँपालिकाले भने यस वर्ष तीन स्वर्ण, एक रजत र छ कास्य पदकमा चित्त बुझाएको छ ।

पूर्वमुख्यमन्त्री तथा प्रदेश सांसद राजेन्द्रकुमार राईलगायतले जिल्ला खेलकुद विकास समितिको आयोजना तथा षडानन्द नगरपालिकाको सहयोगमा सञ्चालित प्रतियोगिताका विजेता पालिकालाई पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।


क्याटेगोरी : खेलकुद, गाउँ पालिका

तपाईको प्रतिक्रिया