Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदसूर्य नेपाल काठमाडौं ओपन गल्फ आजबाट

सूर्य नेपाल काठमाडौं ओपन गल्फ आजबाट


काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको सातौँ प्रतियोगिता, सूर्य नेपाल काठमाडौं ओपन गल्फ आज अर्थात मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा हुने भएको छ । ७२ होलको चार दिने प्रतियोगिता शुक्रबारसम्म चल्ने आयोजकले जनाएको छ ।

उपाधिको लागि ३२ प्रोफेसनल र ८ एमेच्योर गरी कुल ४० गल्फरहरूले दाबेदारी प्रस्तुत गर्नेछन् । सहभागी गल्फरहरूमध्ये सुवास तामाङको लागि भने यो प्रतियोगिता विशेष रहने छ । उनले यो टुर धेरै पटक खेलेका छन् । प्रोहरूलाई माथ दिएर उपाधि पनि जितेका छन । तर प्रोफेसनल खेलाडी भएपछि नेपालमा उनले खेल्न लागेको यो पहिलो पटक हो । भारतीय गल्फ टुरमा प्रोफेसनल प्रतियोगिताहरू भने उनले खेलिसकेका छन् । यो पटक उनी प्रमुख दाबेदारको रूपमा रहनेछन् । नेपालका उनी सर्वाधिक सफल एमेच्योर गल्फर हुन् । उनको घरेलु टुरमा प्रोफेसनल करियरको सुरूवात सुरू हुँदैछ । उनलाई एमेच्योर गल्फर सद्भाव आचार्यले कडा चुनौती दिने सम्भावना रहेको छ । सद्भावले यो सिजनमा दुई उपाधि जितिसकेका छन् ।

प्रो भुवन नगरकोटी, दिनेश प्रजापति, रवि खड्का, सञ्जय लामा, जयराम श्रेष्ठलगायतका प्रोहरू बलिया दाबेदारको रूपमा रहेका छन् । नेपाल नम्बर एक प्रो शुक्रबहादुर राईले चोटको कारण यो प्रतियोगिता पनि गुमाएका छन् । प्रतियोगिताको कुल पुरस्कार राशी सात लाख तीन हजार पाँच सय रुपैयाँ रहेको छ । विजेताले एक लाख २० हजार रुपैयाँ तथा दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः ८२ हजार र ६६ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी चौथो हुनेले ५५ हजार र पाँचौँ हुने खेलाडीले ४३ हजार रुपैयाँ नगद हात पार्नेछन् ।

चार दिने प्रतियोगितामा ३६ होलको समाप्तिमा कट लागू हुनेछ । जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउनेछन् । टप २१ मा पर्ने खेलाडीहरूले नगद पुरस्कार प्राप्त गर्नेछन् । एमेच्योर खेलाडीको हकमा प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितालाई प्रतिस्पर्धात्मक बनाउनका लागि कोर्सलाई रोमाञ्चक बनाइएको छ । कोर्ससँग अभ्यस्त हुन गल्फरहरूले तयारी गरिरहेको छन् । पीजीए नेपालका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले यो प्रतियोगितामा राम्रो स्कोर निस्किने र प्रतियोगिता प्रतिस्पर्धामक हुने विश्वास रहेको बताए ।


क्याटेगोरी : खेलकुद
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया