प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा प्रकाश दाहाल स्मृति भलिबल प्रतियोगिता हुने
पाटन (ललितपुर) । प्रज्ञा–स्मृति प्रतिष्ठानको आयोजनामा ललितपुरको महाकाल गाउँपालिकामा यही वैशाख २२ देखि २५ गतेसम्म प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता हुने भएको छ ।
प्रतिष्ठानले ललितपुर जिल्ला खेलकुद विकास समितिमा मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीका साथै सहभागी टिमहरु, पुरस्कार राशि तथा लागत खर्चसमेतको विषयमा जानकारी गराइएको हो ।
प्रतियोगिता संयोजक डोल्मा माया गोलेले प्रतियोगिता भव्यरुपमा सम्पन्न गर्नका लागि जिल्ला, पालिका र वडा तहमा विभिन्न समितिहरु गठन गरिएको राससलाई जानकारी गराइन् । “समितिहरुले द्रुतगतिमा तयारीका कार्य गरिरहेका छन् । प्रतियोगितामा प्रदेशभरका एक सय १९ पालिकामध्ये ५० पालिकाबाट सहभागिता रहने अपेक्षा गरिएको छ । सबै पालिकामा पत्राचार गरिसकिएको छ । यस प्रतियोगिताका कारण नेपालमा भलिबलको खेलको विकासमा सहयोगी हुने अपेक्षा गरिएको छ”, संयोजक गोलेले भनिन् ।
कूल पुरस्कार राशि १२ लाख रहेको प्रतियोगिताको विजेतालाई तीन लाख, उपविजेतालाई दुई तथा तृतीय हुने दुई टिमलाई एक÷एक लाख प्रदान गरिनेछ । साथै उत्कृष्ट प्रशिक्षक तथा खेलाडी पाँच जनालाई जनही रु. ५० हजार पुरस्कार रहेको छ ।
प्रतियोगिताको ललितपुर जिल्ला खेलकुद विकास समितिले सहआयोजक रहेको जानकारी गराउदै उनले प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोग रहेको छ । यसैगरी नेपाल भलिबल सङ्घको प्राविधिक सहयोग रहेको बताए ।
प्रज्ञा स्मृति प्रतिष्ठानका सदस्य तथा प्रधानमन्त्रीका निजी सचिवालय सदस्य शान्ताकुमार दराईले युवामा स्वास्थ्यसम्बन्धी चेतना फैलाउने उद्देश्यका साथ स्थापित प्रतिष्ठानले खेलकुदलगायतका कार्यक्रम गर्दै आएको जानकारी गराए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहाल र छोरी ज्ञानु दाहालको स्मृतिमा प्रज्ञा स्मृति प्रतिष्ठान स्थापना गरिएको हो । प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखि नै खेलकुदलगायतका विभिन्न सामाजिक काम तथा कार्यक्रम गर्दै आइरहेको उजले जानकारी गराए ।
प्रतियोगिताका सम्पूर्ण खेल ललितपुर महाकाल गाउँपालिकास्थित महाँकाल माविको प्राङ्गणमा हुने जानकारी गराइएको छ । प्रतियोगिता प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी गराइएको छ ।
नेकपा (माओवादी केन्द्र) ललितपुरका इञ्चार्ज हरि दाहालले प्रतियोगिता सफल पार्नका लागि पार्टीका स्थानीय कमिटीलाई समेत परिचालन गरिएको बताए । “हामीले बागमती प्रदेशभित्रका स्थानीय खेलाडीलाई प्राथमिकता दिएर खेल सञ्चालन गर्न लागेका हौँ । यसमा विभागीय टिमका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई सहभागी गराइने छैन । टिम दर्ताका लागि पालिकाको सिफारिसमा नाम उल्लेख हुनु अनिवार्य छ”, दाहालले भने ।
प्रतियोगिताका कारण दक्षिणी भेगमा रहेका स्थानको व्यापकरुपमा प्रचारप्रसार हुने अपेक्षा गरिएको छ । यस क्षेत्रका महाकाल, कोन्ज्योसोम र बागमती गाउँपालिकामा रहेका धार्मिक, प्राकृतिक तथा ऐतिहासिक क्षेत्रहरुमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि हुने आयोजकले विश्वास गरेको छ ।
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- चारवटा प्रदेशमा भारी वर्षा हुने
- पर्यटन नीति र कानुन समयानुकूल बनाइने छ: मन्त्री पाण्डे
- सौर्य एयरलाइन्सका चालक शाक्यको स्वास्थ्यमा सुधार
- वनमन्त्री शाहीसँग भारतीय राजदूतको शिष्टचार भेट
- सर्पदंशका बिरामीको निःशुल्क उपचार गरिने
- मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा डा. यादव
- प्रदेशभित्रका सबै जिल्लामा एम्बुलेन्स सेवा विस्तार गर्ने
- जाजरकोट भूकम्प प्रभावितलाई अनुदान रकम उपलब्ध गराउन प्रधानमन्त्रीलाई ज्ञापन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया