Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदफाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै

फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै


काठमाडौं । युरोपेली च्याम्पियन्स लिग फुटबलको फाइनल प्रवेशका लागि स्पेनिस टोली रियल म्याड्रिड र जर्मन क्लब बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२ः४५ बजे सुरु हुनेछ ।

बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो । यस खेलको विजेताले फाइनलमा उपाधिका लागि बोरुसिया डर्टमुण्ड विरुद्ध खेल्नेछ । डर्टमुण्डले अर्को सेमीफाइनलमा फ्रेन्च टोली पेरिस सेन्ट जर्मान (पिएसजी) माथि समग्रमा २–० को जित निकाल्दै फाइनल प्रवेश गरेको थियो ।

बायर्नले आज जित हासिल गरेमा २०१३ को फाइनल पुनः दोहोरिने छ । वेम्ब्लीमा भएको सो फाइनलमा बायर्नले डर्टमुण्ड माथि २–१ को जित निकालेको थियो । यस पटकको फाइनल पनि वेम्ब्ली स्टेडियममा नै हुँदैछ ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया