Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदपुनरागमन जित सहित रियल फाइनलमा

पुनरागमन जित सहित रियल फाइनलमा


काठमाडौं । रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिग फुटबको उपाधि नजिक पुगेको छ । गए राती भएको सेमिफाइनको दोस्रो लेगको खेलमा उत्कृष्ट पुनरागमन जिन निकाल्दै रियल उपाधि निजक पुगेको हो ।

रियलले बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २–१ जित निकालेको हो । सुरुवातमा पछि परेको अवस्था उल्टाउँदै रियलले उत्कृष्ट पुनरागमन गर्दै समग्रमा ४–३ को जित निकाल्दै अन्तिम दुइमा स्थान बनाएको हो ।

घरेलु टोलीका लागि ८१ औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले दुई गोल गरे । ६८औं मिनेटमा अल्फोन्सो डेविसले बायर्नलाई अग्रता दिलाएका थिए । सुरुवाती रोजाइमा नरहेका डेविस २७ औं मिनेटमा सर्ज गन्याब्रीलाई चोट लागेपछि उनको ठाँउमा मैदान प्रवेश गरेका थिए । तर ८८औं मिनेटमा रियलले खेलमा बराबरी गर्यो । बायर्नका गोलरक्षक म्यानुएल नुएरले भिनिसियस जुनियरको प्रहार नियन्त्रणमा लिन नसकेपछि जोसेलुले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

इन्ज्युरी समयको पहिलो मिनेटमा जोसेलुले अर्को गोल गर्दै रियललाई जित दिलाए । रियलले अब फाइनलमा उपाधिका लागि अर्को जर्मन टोली बोरुसिया डर्टमुण्डसँग खेल्नेछ । डर्टमुण्डले अर्को सेमिफाइनलमा फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) माथि समग्रमा २–० को जित निकाल्दै फाइनल प्रवेश गरेको थियो ।


क्याटेगोरी : खेलकुद

तपाईको प्रतिक्रिया