Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदसन्दीपको मुद्दाको पेसी आज

सन्दीपको मुद्दाको पेसी आज


काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा आज सुनवाइ हुँदैछ । लामो समयदेखि हर्ने नभ्याइनमा राखिदै आएको मुद्दा आज भने पहिलो नम्बरमा रहेको छ । यदि आजको सुनवाइ पनि स्थगित नभएको खण्डमा एक–दुई दिनमै फैसला आउन सक्छ ।
एक नम्बरमै पालो भएकाले ‘हेर्न नभ्याइने’ मा पर्ने सम्भावना भने छैन । तर, न्यायाधीसले अरु कुनै बहानामा सुनवाइ टार्न सक्ने आशंकामा सन्दीपका वकिलहरु छन् । गौशाला २६ का कानून व्यवसायी पनि सुनवाइ टार्न खोजिरहेको उनीहरुको दावी छ ।

यदि आज सुनवाइ सुरु भएर सन्दीपको पक्षमा फैसला आयो भने उनी टि–२० विश्वकप खेल्ने बाटो खुल्न सक्छ । नेपाल क्रिकेट संघ (क्यान) उच्चबाट सन्दीपले सफाइ पाउने प्रतिक्षामा रहेको छ । क्यान अध्यक्ष चतुरबहादुर चन्दले समयमै फैसला आएर सन्दीप निर्दोष ठहरिए विश्वकपमा लैजाने बताएका छन् ।

जिल्ला अदालतले दोषि ठहर गर्दै सजाय सुनाएपछि सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन् । सो पुनरावेदनमा यसअघि ४ पटक पेसी तोकिएको भए पनि विभिन्न बहानामा सुनवाइ स्थगित भइरहेको छ ।

आज सुनवाइ सुरु भएमा आजै फैसला हुन पनि सक्छ । यदि बहस लम्बियो भने न्यायाधीसले मुद्दालाई हेर्दाहेर्दैमा राखेर भोलि फेरि बहस सुचारु गर्नेछन् । जसले सुनवाइ सुरु गर्यो त्यही न्यायाधीसले फैसला गर्नुपर्ने हुन्छ ।


क्याटेगोरी : खेलकुद

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x