Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदअदालती समयपछि पनि सन्दीपको मुद्दामा बहस जारी

अदालती समयपछि पनि सन्दीपको मुद्दामा बहस जारी


काठमाडौं । उच्च अदालत पाटनमा सन्दीप लामिछानेको मुद्दामा भइरहेको बहसलाई अदालती समयपछि पनि न्यायाधीशले निरन्तरता दिएका छन् । बहस टुंग्याएर आजै फैसला गर्ने तयारी रहेको अदालत स्रोतको दाबी छ ।

सामान्यतया अदालतको समय ५ बजेसम्म हो । ५ बजे बहस नसकिएको अवस्थामा न्यायाधीशले मुद्दालाई हेर्दाहेर्दैमा राख्न सक्छन् । तर, न्यायाधीश चाहेमा समय लम्ब्याएर फैसला सुनाउन पनि सक्छन् । सन्दीपको मुद्दा सकेसम्म हेर्दाहेर्दैमा नराख्ने रणनीति रहेको बुझिएको छ । सन्दीपको मुद्दाको आज पहिलो नम्बरमै पालो थियो र बिहानैबाट बहस सुरु भएको थियो । अहिलेसम्म सन्दीपको पक्षबाट ५ वकिलहरूले बहस गरिसकेका छन् ।

यसै गरी गौशाला २६ को तर्फबाट २ सरकारी वकिलले बहस सकेका छन् । अहिले गौशालाका निजी वकिलहरूको बहस चलिरहेको छ । जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । त्यस विरुद्ध सन्दीपले गरेको पुनरावेदनमा सुनवाइ भइरहेको हो । कथंकदाचित आज बहस नसकिएमा मुद्दालाई हेर्दाहेर्दैमा राखेर भोली फेरि बहसलाई निरन्तरता दिनुपर्ने हुन्छ ।


क्याटेगोरी : खेलकुद

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x