दुई वर्षभित्र रङ्गशालाको स्तरोन्नति गर्ने
सरकारले आगामी दुई वर्षभित्रमा काठमाडौँको कीर्तिपुर र मूलपानी क्रिकेट रङ्गशालाको स्तरोन्नति सम्पन्न गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा आगामी दुई वर्षभित्र रङ्गशालाको स्तरोन्नति सम्पन्न गरी अन्तराष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्ने उल्लेख गरिएको छ
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै चितवनको भरतपुर, कैलालीको फाप्ला, बैतडीको दशरथचन्द र मोरङ्गको विराटनगर क्रिकेट रङ्गशालाको पूर्वाधार निर्माण कार्यसमेत अघि बढाइने बताए ।
हरेक विद्यालयमा खेल शिक्षकको व्यवस्था गरिने उल्लेख गर्दै उनले वार्षिक खेलकुद क्यालेण्डर तयार गरी अन्तरपालिका तथा प्रदेशस्तरीय प्रतियोगिताको आयोजना गरिन उल्लेख गर्नुभयो । यसैगरी उहाँले एक वडा, एक खेल मैदान, एक पालिका, एक कभर्डहलको निर्माण गर्दै खेलकुदलाई राष्ट्रको पहिचान, गौरव र प्रतिष्ठा बढाउने माध्यमको रूपमा विकास गर्ने बताए ।
राष्ट्रपति पौडेलले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका खेलकुद प्रतियोगिता आयोजना गर्न जोड दिइने उल्लेख गर्दै अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा पदक हासिल गर्ने खेलाडीलाई प्रोत्साहन एवम् पुरस्कृत गरिने बताए। उनले खेलकुद पूर्वाधारको दिगो व्यवस्थापनका लागि स्थानीय तथा प्रदेश सरकारको सहभागिता बढाउँदै लगिने र खेलकुद पर्यटनको विकास र विस्तारमा जोड दिइने बताए ।रासस
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- राष्ट्र विरोधी अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्छ : महेश बर्तौला
- नेपालको समग्र हितको रक्षापछि मात्र संसदको गतिरोध अन्त्य हुन्छ : ओली
- रियलमीद्वारा नार्जो एन–५३ र नार्जो एन–५५ सार्वजनिक
- ‘भिभो ५जी टक’ कार्यक्रम
- टेलिकमको नयाँ सेवा
- छत्रपाटी निशुःल्क चिकित्सालयको सचेतना -याली
- बजेटले लगानी प्रोत्साहन र माग वृद्धि गर्नेमा शंका : परिसंघ
- मोबाइल किन्ने दुई जनालाई थाइल्यान्ड भ्रमणको अवसर
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया