राष्ट्रिय वाणिज्य बैंकद्वारा क्रिकेट खेलाडीलाई नगद सम्मान
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सम्मान गरेको छ । सोमबार एक विशेष कार्यक्रमका बीच बैंकले खेलाडीलाई सम्मान गरेको हो । उनीहरूको पौरखको सम्मान गर्दै सफलता हासिल गर्न उत्प्रेरणा मिलोस् भन्ने उद्देश्यले यस्तो सम्मान गरिएको बैंकले जनाएको छ ।
हालै सम्पन्न एसीसी प्रिमियर कप २०२३ को विजेता भएको राष्ट्रिय क्रिकेट टिमका १८ जना खेलाडीहरूलाई जनही एक लाख रुपैयाँ र आठ जना टिम अफिसियलहरूलाई जनही ५० हजार रुपैयाँ नगद बैंकले प्रदान गरेको हो । नेपालले हालै सम्पन्न डिभिजन २ को प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी विश्वकप छनौट खेलमा सहभागी हुने अवसर पाएको तथा अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेल्ने मान्यता कायम राख्न सफल भएको छ ।
कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष एवं प्रमुख अतिथि डा. बलराम पाठकले खेलाडी तथा टिम अफिसिलयहरूलाई सम्मान गर्दै नेपाललाई विश्वमा चिनाउने क्षेत्रमा क्रिकेट पनि थपिएको बताउँदै आगामी दिनमा पनि सहयोग गर्न सकिने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले अन्तर्राष्ट्रियरूपमा क्रिकेटले राष्ट्रको नाम उच्च बनाएको यो क्षण गौरवपूर्ण भएको बताउँदै अन्य खेलकुदलाई पनि बैंकले सहयोग गरेको बताए ।
क्रिकेट एसोसिएसन अफ नेपाल(क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले अन्तर्राष्ट्रियरूपमा नेपालको नाम क्रिकेटले चिनाएको बताउँदै बैंकको सहयोगले आगामी दिनमा अगाडि बढ्न हौसला पुगेको बताए । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले देशका लागि खेल्ने आफ्नो सपना सबैको सपना रहेको भन्दै पूरा गर्न पाएकोमा खुसी लागेको बताए ।
बैंकको हाल सातवटै प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित दुई सय ७१ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, दुई सय ६९ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ्ग, क्युआरकोड सेवा, पस (प्वाइन्ट अफ सेल) सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्युआर टेलर (बिनाचेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृतरूपको मोबाइल बैंकिङ तथा बिनाइन्टरनेट चल्ने युएसएसडी मोबाइल बैंकिङका सेवासमेत सञ्चालनमा
रहेका छन् ।
क्याटेगोरी : खेलकुद
ट्याग : #Page 6
ताजा अपडेट
- सर्वोच्च अदालतमा नागरिकता विधेयक खारेजीको माग
- सिटिइभिटीका कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
- स्वास्थ्यमन्त्रीद्वारा विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया