सोलुका किसानलाई फूल जोगाउनै मुस्किल
सोलुखुम्बु । हिन्दु नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नआउँदै सोलुखुम्बुको गाउँघरमा फुलेका सयपत्री फुलहरू ओइलाएर झर्न थालेका छन् । सोलुखुम्बुको लिखुपिके गाउँपालिका एक डुँडाका प्रेमबहादुर बस्नेतको बारीमा तिहारका लागि रोपिएको फूलहरु केही हप्ता अघिदेखि नै ढकमक्क फुलेका थिए । तर तिहारसम्म ओइलिएर झरिसक्ने हो कि भन्ने बस्नेतलाई चिन्ता छ ।
उनले भने, ‘तिहार आइनपुग्दै बारीको फूल ओइलिएर सबै झ-यो, यो वर्ष छिटो फूल फुलेको हो कि तिहार ढिलो भएको हो, फूल काम नलाग्ने रहेछ ।’ यस वर्षको तिहारको भाइटीका कात्तिक २९ गते परेको छ । तर सयपत्री फूलहरू अहिले नै ढकमक्क फुल्दा लामो समयसम्म फूल नरहने पो हो कि भन्ने अधिकांश किसान तथा सर्वसाधारणमा चिन्ता रहेको थुलुङकी हस्तमाया विश्वकर्मा बताउँछिन् । ‘रहर लाग्दो तवरले फूल फुलेको थियो तर यस वर्षको फूलले तिहार नधान्ने देखियो’, उनले भनिन् । गाउँघरमा जब सयपत्री ढकमक्क हुन्छ तब तिहारको झझल्को आइहाल्छ । घर सझाउनदेखि भाइटीकामा समेत प्रयोग हुने यो फूल पछिल्लो समयमा भने कमै पाइन्छ ।
चाडपर्वका बेलामा समेत पर्याप्त फूल उपलब्ध हुँदैन भने फुलेको फुल पनि ओइल्याएर झर्ने चिन्ताले अझ बढी चेलीहरूलाई सताउन थालेको सल्लेरीकी सुनिता थापाले बताइन् । घर सजाउन तथा अन्य प्रयोजनका लागि तयारी फूल प्रयोग गर्न सकिए पनि माइतीलाई लगाइदिन भने सयपत्री फूल नै चाहिने उनको भनाइ छ । ओइलिएको फूल धागोमा उन्दा समेत नअडिने भएकाले समस्या हुने उनले बताइन् ।
क्याटेगोरी : नेपाल, प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 12
ताजा अपडेट
- महिलाहरुलाई दिल्लीमा बेचबिखन गरेको अभियोगमा बाँकेकी एक महिला पक्राउ
- छुट्टाछुट्टै सवारी दुर्घटनाबाट सात जनाको मृत्यु
- विभिन्न ठाउँमा चार व्यक्ति मृत अवस्थामा फेला
- अध्यादेश जारी गरेर भएपनि भूमिहीनलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्रीको प्रतिबद्धता
- विभिन्न ठाउँमा आगलागीबाट लाखौँको क्षति
- वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई लाई किन सोध्यो नेपाल नागरिक उड्डयन प्राधिकरणले सात दिने स्पष्टीकरण ?
- कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन: नेपालमाथिको अन्याय रोकिनुपर्छ
- सक्कली प्रहरीको फन्दामा नक्कली प्रहरी
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया