Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअटो रिक्सा चालकको पीडा : ‘खाने त ठेगान छैन, किस्ता कसरी तिर्ने ?’

अटो रिक्सा चालकको पीडा : ‘खाने त ठेगान छैन, किस्ता कसरी तिर्ने ?’


झापा,बैशाख ११

झापाको बाह्रदशी गाउँपालिका– ३ राजगढका हरिचन्द्र तिम्सिना तीन पाङ्ग्रे अटो रिक्सा चलाउँछन् । उनले अटो रिक्सा चलाएको झण्डै दुई वर्ष भयो । किस्तामा लिएको अटो रिक्सा चलाएर घरखर्च टार्दै आएका तिम्सिनालाई अहिले अटो किन्दा लिएको ऋणको किस्ता कसरी तिर्ने भन्ने ठूलो चिन्ता छ । कोरोना भाइरस (कोभिड १९) संक्र्रमण रोकथाम तथा नियन्त्रणका लागि विगत एक महिनादेखि मुलुकमा लागू भएको लकडाउनका कारण उनले अटो रिक्सा चलाउन पाएका छैनन् । अटो रिक्सा चलाउन नपाएसंगै उनलाई घर खर्च टार्न र अटो रिक्साको किस्ता तिर्न समस्या भएको हो ।

‘प्रत्येक महिना किस्ताबापत १५ हजार रुपैयाँ तिर्नु पर्छ’, उनले भने, ‘एक महिनादेखि अटो रिक्सा घरमै बस्यो अब कसरी किस्ता तिर्ने ।’ अटो रिक्सा चलाएर दैनिक एक हजारदेखि १ हजार ५ सय रुपैयाँ सम्म कमाइ गर्दै आएका तिम्सिनाले मासिक २० हजार रुपैयाँ किस्ताका लागि छुट्याएर बाँकी रकमले मुस्किलले घर खर्च टार्दै आएका थिए) । तर, अटो रिक्सा नै नचलेपछि अहिले उनलाई घर खर्च चलाउन समेत धौ–धौ छ । तिम्सिनाले भने, ‘मुलुकमा लकडाउन छ, बालबच्चा स–साना छन्, एकातिर उनीहरुलाई कसरी खुवाउने चिन्ता छ, अर्कोतिर त्योभन्दा ठूलो चिन्ता यो महिनाको किस्ता कसरी तिर्ने हो भने छ ।’

पाँच वर्षअघि रोजगारीको खोजीमा कतार गएका तिम्सिनाले विगत सम्झदै भने, ‘यहाँ मेनपावरले भनेजस्तो कतारमा काम र कमाइ नपाइएपछि लगत्तै घर फर्किनु प¥यो । कतार जाँदा लागेको ऋण पनि तिर्न नसकी घर फर्किनुपरेपछि पुनः भारतको सिक्किम गएँ । सिक्किममा झण्डै दुई वर्ष काम गरे । जसोतसो ऋण तिरेर स्वदेशमै केही गरौला भन्ने सोचका साथ नेपाल फर्किएर अटो रिक्सा किनेर कुदाउन थालेको हुँ । तर, लकडाउनले समस्यामाथि समस्या थपेको छ ।’ उनको जस्तै समस्या छ झापाको अर्जुनधारा नगरपालिका – १ का लोकबहादुर फुँयाल र हरि बहादुर बस्नेतलाई पनि । ऋणमा लिएको अटो चलाएर परिवार पाल्दै आएको थिए लोकबहादुरले । ‘एक महिनादेखि घरमै बस्दा समस्या माथि समस्या थपिएका छन् । अटो रिक्सा कुदाउन पाएको भए दुई÷चार पैसा आम्दानी हुन्थ्यो । अहिले हात पनि खाली छ घरमा भएको अन्नपात सबै सकियो, किस्ता तिर्न त परको कुरा हो, कसरी खाने भन्ने नै ठेगान नै छैन’, उनले भने ।

बस्नेतको पनि उस्तै समस्या छ । मासिक १३ हजार पाँच सय रुपैयाँ किस्ता तिर्दै आएका उनले पनि अटो चलाएर नै घर खर्च टार्दै आएका थिए । तर, अहिले मुलुक पूर्णरुपमा एक महिनादेखि लकडाउनमा रहेकाले उनलाई पनि घर चलाउन समस्या भएको हो । मुलुक लकडाउन भएसँगै झापाका झण्डै दुई हजार अटो रिक्सा चालकको अवस्था करिब करिब उस्तै छ । अधिकांशले अटो रिक्सा किस्तामा लिएर चलाउँछन् । उनीहरुले साप्ताहिकदेखि मासिक रुपमा किस्ता बुझाउँदै आएका छन् ।

लकडाउनका कारण रिक्सा चालकको मात्र होइन, व्यवसायीको पीडा पनि उस्तै छ । अधिकांश व्यवसायी अहिले लामो समयसम्म मुलुक लकडाउन हुँदा निराश छन् । कारोवार नै ठप्प भएपछि घर भाडा र बैंकको व्याज कसरी तिर्ने भन्ने व्यवसायीमा चिन्ता छाउँदै गएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताए । ‘करोडौं रुपैयाँ बंैकबाट ब्याजमा लिएर अटो रिक्सा खरिद गर्दै किस्तामा बिक्री गरिएको छ’, हलेसी ट्रेड लिंक बिर्तामोड प्रालिका सञ्चालक चुडामणि पौडेलले भने, ‘मजदूरले अटो रिक्सा कुदाउन नपाएपछि उनीहरुले कसरी किस्ता तिर्छन्, उनीहरुले किस्ता नतिरेपछि हामी व्यवसायी घरको न घाटको हुने अवस्था आयो ।’

विपन्न समुदायका नागरिकहरु अटो रिक्सा चलाएर गुजारा चलाउँछन् उनले भने, ‘लकडाउन खुल्ने ठेगान छैन । लकडाउनले मजदुर मात्र होइन, हामी साना व्यवसायीहरु पनि ठूलो मारमा छौं ।’ अहिलेको यो लकडाउनले विपन्न परिवारलाई छ महिना पिरोल्छ उनीहरुलाई हामीले कसरी छिटो किस्ता तिर भन्ने समस्या माथि समस्या रहेको उनको भनाइ छ । ‘आफ्नो कम्पनी अहिले पनि सात सयवटा अटो रिक्साको जवानीमा बसेको छ’, उनले भने, ‘किस्ता तिर्न यदि कुनै कारणले कुनै ग्राहकले ढिलाई गरे भने बैंकले सञ्चालक म स्वयंलाई ताकेता गर्छ ।’ विदेशिने युवालाई स्वदेशमा रोजगारीको वातावरण सृजना गर्न किस्तामा अटो रिक्सा बेचेको उनले बताए । उनले भने, ‘अहिले उनीहरुको पीडा भनेर साध्य छैन ।’ विपन्न परिवारका नागरिकलाई स्थानीय तहले दैनिकी चलाउन समस्या भएको भन्दै उनीहरुको पहिचान गर्दै राहत सामग्री वितरण गरे पनि कतिपय अटो रिक्सा चालकले अझैंपनि राहत सामग्री पाएका छैनन् । यसतर्फ स्थानीय सरकारले ध्यान दिन जरुरी देखिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x