Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररातारात राजधानीका मान्छे गाउँ प्रवेश !

रातारात राजधानीका मान्छे गाउँ प्रवेश !


दोलखा,बैशाख ११

विश्वमा तीव्र रुपले फैलिरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको लकडाउन एक महिना पुगेको छ । लकडाउन लामो समयसम्म भएको र अझै लम्बिन सक्ने भन्दै दोलखाका नागरिकहरु रातारात जिल्ला प्रवेश गरेका छन् । सरकारले केही दिनअघि अलपत्र परेका नागरिकलाई स्थानीय सरकारसँगको सहकार्यमा गाउँ पठाउन निर्देशन दिएसँगै दोलखाका स्थानीय तहले आफ्ना नागरिकलाई रातारात जिल्ला भित्र्याएका हुन् । दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक लगायतका जिल्लामा जाने नागरिकले सोमबार र मंगलबार राति राजधानीको कोटेश्वर र जडीबुटी क्षेत्र भीडले भरिएको थियो । स्थानीय तहसँगै जिल्लामा क्रियाशील राजनीतिक दलहरुले पनि नागरिकहरुलाई जिल्ला लगेका छन् ।

जिल्ला ट्राफिक कार्यालय चरीकोटका अनुसार दोलखामा बुधबार राति मात्र करिब दुई सय यात्रुवाहक सवारीसाधन भित्रिएका थिए । ट्राफिक प्रहरी कार्यालय दोलखा प्रमुख गोकर्ण नेपालले अनुसार लामोसाँघु–जिरी सडक हुँदै सोमबार, मंगलबार र बुधबार गरि तीन रातमा करिब २० हजार नागरिक जिल्ला भित्रिएको बताए । प्रत्येक बसमा करिब ३५ देखि ४० जना यात्रुले यात्रा गरेका थिए । साथै एक सयको हाराहारीमा यात्रुवाहक सवारी साधनहरु बीपी रार्जमार्गबाट खुर्कोट–मन्थली–तामाकोशी सडक हुँदै जिल्ला भित्रिएको ट्राफिक प्रहरीले जनाएको छ । जिल्लाको बैतेश्वर गाउँपालिकाले मात्र मंगलबार र बुधबार गरी २१ वटा बसको व्यवस्था गरेर आठ सय जना नागरिकलाई जिल्ला ल्याएको बैतेश्वर गाउँ कार्यपालिका सदस्य देवराज खत्रीले जानकारी दिए ।

गाउँपालिकाले कोरोना रोकथाम तथा उपचारको लागि खडा गरेको ५० लाखको आर्थिक कोष बाट सवारी र यात्रुको बिल भर्पाइ गर्ने जनाएको छ। त्यसैगरी मैनापोखरी हुँदै जिरीको लागि ५० भन्दा बढी सवारी जिरी गएको इलाका प्रहरी कार्यालय मैनापोखरिले जनाएको छ । त्यसैगरी कालिञ्चोक, बिगु र गौरीशंकर गाउँपालिका एक सयभन्दा बढी यात्रुवाहक बसमा मान्छे भित्रिएको ट्राफिक प्रहरी कार्यालय चरीकोटले जनाएको छ । काठमाडौंबाट जिल्ला ल्याएका सबै यात्रुको बिल भर्पाइ आफ्नो क्षेत्रका स्थानीयतहले व्यहोर्ने बताएका छन् ।

साथै राजधानीबाट लगिएका मान्छेहरुलाई होम क्वारेन्टाइनमा राख्ने स्थानीय तहका जनप्रतिधिले बताएका छन् । उनीहरु होम क्वारेन्टाइनमा नबसी अन्यत्र हिँडेको देखेमा स्थानीय तहले बताएको क्वारेन्टाइनमा राखिने बताएका छन् । त्यसैगरी तीन दिनको अवधिमा करिब पाँच सय बाहिरी जिल्लाका मजदुरले दोलखा छाडेका छन् । जिल्ला प्रशासन कार्यालय दोलखाअनुसार पाँच सय मजदुर लिएर ३० वटा बस दोलखाबाट बाहिरी जिल्लाको लागी छुटेका छन् । अन्य जिल्लाबाट रोजगारीका लागि दोलखा आएका र लकडाउनका कारण समस्यामा परेका मजदुरको उद्धार गरेर पठाएको जिल्ला प्रशासन कार्यालय चरीकोट जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x