Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकतारसहित विदेशका जेलमा पाँच सय ४५ जना नेपाली कतारको जेलबाट १७ रिहा हुने

कतारसहित विदेशका जेलमा पाँच सय ४५ जना नेपाली कतारको जेलबाट १७ रिहा हुने


काठमाडौं,बैशाख १२

नोवल कोरोना भाइरस (कोभिड १९) का कारण विश्वले नै असहज परिस्थिति भोगिरहेको समयमा कतारले भने जेलमा रहेका कैदीबन्दीहरुको स्वास्थ्य सुरक्षामा चासो दिएको छ । कैदीबन्दीहरुको स्वास्थ्य सुरक्षामा चासो दिएसँगै कतारका राजा शेख तमिम बिन हमाद अल थानीले कतारको जेलमा रहेका कैदीहरुलाई आममाफी दिने घोषणा गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार कोरोना भाइरसको कारण कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखी कतार सरकारले कैदीहरुलाई आममाफी दिने घोषणा गरेको हो ।सोसँगै कतारको जेलमा रहेका १७ जना नेपालीहरु रिहा हुने भएका छन् । दूतावासका अनुसार रिहा हुनेमा १३ जना लागूऔषध कारोबारजन्य, दुई जना चोरी, एक जना मादक पदार्थ कारोबार र अर्का एक जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेका नेपालीहरु रहेका छन् ।

वैदेशिक रोजगार बोर्डका अनुसार कतारको जेलमा ३५ जना नेपाली रहेका छन् भने जेलमा रहेका सबै जना पुरुष हुन् । बोर्डले कतारसहित अन्य सातवटा मुलुकका जेलमा पाँच सय ४५ जना नेपालीहरु रहेका बताउँदै आएको छ । तीमध्ये १९ जना महिला र पाँच सय २६ जना पुरुष हुन् ।

वैदेशिक रोजगारीमा गएका ती युवाहरु विभिन्न अपराधमा संलग्न भएको आरोपमा जेलमा परेका हुन् । नेपालीहरु मादक पदार्थ सेवन गरी आफूहरुबीच झै झगडा गरेको देखि हत्या, हिंसा र लागूपदार्थ ओसारपसारमा जस्ता गम्भीर अपराधमा संलग्न रहेको आरोपमा जेल पर्ने गरेका छन् ।

बोर्डका अनुसार यसरी विभिन्न अपराधमा जेलमा पर्ने नेपालीहरुमा कुवेतमा तीन महिला र ५५ पुरुष गरी ५८ जना, संयुक्त अरब इमिरेटसमा १२ महिला र एक सय ७३ जना पुरुष गरी एक सय ८५ जना, मलेसियामा दुई जना महिला र दुई सय तीन जना पुरुष गरी दुई सय पाँच जना रहेका छन् ।

यस्तै ओमनमा दुई महिला र एक पुरुष गरी तीन जना, साउदी अरब जेद्दामा ३१ जना पुरुष र रियादमा २३ जना पुरुष गरी ५४ जना, कतारमा ३५ जना पुरुष र बहराइनमा पाँच जना पुरुष जेलमा रहेका छन् । जेल जीवन बिताइरहेका नेपालीहरुलाई ब्लड मनिमार्फत छुटाउन सक्ने भए पनि सरकारले हालसम्म त्यसलाई चासो दिएको पाइँदैन ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x