Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार२० करोडको लागतमा सोलुखुम्बुमा सडक स्तरोन्नतिका लागि काम सुरु हुने

२० करोडको लागतमा सोलुखुम्बुमा सडक स्तरोन्नतिका लागि काम सुरु हुने


महेन्द्र शाही
सोलुखुम्बु,बैशाख १४
सोलुखुम्बुमा प्रदेश १ सरकारवाट विभिन्न योजनामा २० करोड रकमको काम हुने क्रममा रहेको छ । स्थानीयको माग बमोजिम प्रदेश १ सरकारसँग समन्वय गरी प्रदेश सांसदहरूले सो रकमको बजेट बिनियोजनमा भूमिका खेलेका हुन् । २० करोडबराबरको कामका लागि सबै योजना ठेक्का प्रक्रियामा रहेको छ ।

सोलुदुधकुण्ड नगरपालिका ८ केरुङको बाघखोर सिसाखोला मेराङ्दिङ हुँदै सल्लेरी च्याल्सा विद्युत् कम्पनीको पावर हाउससम्मको सडक स्तरेन्नतिका लागि ५ करोड रकमको बहुवर्षे ठेक्का खुलेको छ । यसअघि रातो किताबमा एक करोड रकम रहेकोमा चार करोड थप गरिएको सोलुखुम्बु क्षेत्र नम्बर ‘ख’का सदस्य एवं नेकपा प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।

यस्तै सल्लेरी, सिलगुडी, डाँडा, महभिर, काँकु, बासा, ठूल्ढुङ्गा, अँधेरी हुँदै खुम्बुपासाङल्हामु गाउँपालिका सडक स्तरोन्नतिका लागि पनि रातो किताबमा भएका एक करोड रकममा ४ करोड थप गरी ठेक्का प्रक्रियामा रहेको बताइएको छ । नेलेवाट थुलुङ दुधकोशी गाउँपालिका कार्यालय जाने सडक स्तरोन्नतिका लागि रातो किताबमा रहेको दुई करोड रकममा तीन करोड रकम थप गरी पाँच करोड रकमको ठेक्का प्रक्रियामा रहेको सांसद राजभण्डारीले जानकारी दिए ।

यता सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्लादेखि सल्यानको महेन्द्रोद्वय माध्यमिक विद्यालय हुँदै नेचासल्यान वडा नम्बर ५ विहीबारे सडक स्तरोन्नतिका लागि पाँच करोड रकमको ठेक्का प्रक्रियामा रहेको बताइएको छ । यस योजनाका लागि पनि सुरुमा रातो किताबमा दुई करोड रकम रहेकोमा तीन करोड थप गरी पाँच करोड बनाइएको छ ।

सडक स्तरोन्नतिका यी सबै योजनाहरू बहु वर्षे योजना रहेको प्रदेश १ सरकारको कार्यालयले जनाएको छ । सुरुवातमा रातो किताबमा सम्बन्धित योजनाका लागि कुल छ करोड रकम बिनियोजन भएकोमा प्रदेश १ सरकारसँग आवश्यक समन्वय गरी १४ करोड रकम थप गर्न सफल भएको सांसद राजभण्डारीको भनाइ छ ।

जिल्लाको विकासका लागि आफ्नो पहल जारी रहेकको भन्दै उनले रकम ल्याउन सफल भएको बताए । यो रकमले जिल्लाको विकासमा ठूलो सहयोग पु¥याउने उनले दाबी गरे । यो रकमको सदुपयोग गर्नु पर्नेमा पनि उनले जोड दिएका छन् । यसमा स्थानीयले पनि खबरदारी गर्नुपर्ने बताए ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x