Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभीमदत्तको प्रकोप कोषमा साढे १३ लाख बढी नगद सङ्कलन

भीमदत्तको प्रकोप कोषमा साढे १३ लाख बढी नगद सङ्कलन


धनबहादुर जप्रेल

कञ्चनपुर,बैशाख १४

्कोरोना भाइरस (कोडिभ–१९) को जोखिम न्यूनिकणका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा करिब १३ लाख भन्दा बढी रकम जम्मा भएको छ । हाल सम्म करिब १३ लाख ९६ हजार ५ सय ८६ रुपैयाँ संकलन गरिएको भीमदत्त नगरपालिकाले जनाएको छ ।

नगरपालिकाकाअनुसार विभिन्न ३७ वटा संघ÷संस्था तथा व्यक्तिको सहयोगबाट उक्त रकम जम्मा भएको छ । निजी विद्यालयहरुको साझा संस्थाका रुपमा रहेका संगठन प्याब्सन र एनप्याब्सनले करिब साढे दुई लाख नगद सहयोग गरेका छन् । एनब्याब्सन कञ्चनपुर र प्याब्सन भीमदत्त नगर समितिले भीमदत्त नगरपालिकाको राहत कोषमा दुई लाख ६९ हजार ५५ रुपैया जम्मा गरेका हुन् ।

एनप्याब्सन कञ्चनपुरका अध्यक्ष दिपक भट्टले एक लाख १३ हजार ५ सय ५५ रुपैयाको चेक भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र विष्टलाई हस्तान्तरण गरेका थिए । साथै प्याब्सन भीमदत्त नगर समितिका अध्यक्ष गौरीदत्त भट्टसहितको टोलीले एक लाख ५५ हजार ५ सय रुपैयाँको चेक नगर प्रमुख विष्टलाई नै हस्तान्तरण गरेका थिए ।

यस्तै लिटिल बुद्ध एकेडेमीले एक लाख, गणेशदत्त जोशी, धर्मराज जोशी ४० हजार, उदयदेव बहुउद्देश्यीय सहकारी संस्था ४० हजार, उग्रतारा कम्प्युटर महेन्द्रनगर ११ हजार, उदयदेव बहुउद्देश्यीय सहकारी संस्था ४० हजार, मेघा बचत तथा ऋण सहकारी संस्थाले २५ हजार ५ सय नगद सहयोग गरेका छन् ।

यस्तै निंलाशैनी बहुउद्देश्यीय सहकारी संस्था, जनज्योती बचत तथा ऋण सहकारी संस्था, सहयात्री बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो उपभोक्ता बचत तथा ऋण सहकारी संस्था, युवा बचत तथा ऋण सहकारी संस्था, सृजनात्मक बचत तथा ऋण सहकारी संस्था, देवशक्ति सहकारी संस्थाले नगद ११÷११ हजार रुपैयाँ सहयोग गरेका छन् । सीएमए अनमी क्याम्पस र जय श्री बैजनाथ बाबा कन्सट्रक्सनले नगद ५१÷५१ हजार प्रदान गरेका छन् । ब्राइट लाइफ एजुकेशनल ईस्च्यिुटले १० हजार, सन्त निंरकारी मण्डलले २० हजार, कुमार श्रेष्ठ निर्माण सेवा प्रालि प्रबन्धनिर्देशक पि.के श्रेष्ठले एक लाख ५१ हजार ४० रुपैयाँ सहयोग गरेका छन् ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले २५ हजार, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्टले ११ हजार एक सय एक, पञ्चकोटी निर्माण सेवा १५ हजार, पञ्चदेव बहुउद्देश्यीय सहकारी संस्थाले २५ हजार, टेक्नीकल सर्विस एण्ड सालेशन कन्सल्टेन्सी (हिमालय सिंह ऐर)ले ११ हजार, सृजनशील बचत तथा ऋण सहकारी संस्था लि २१ हजार, जल उपभोक्ता समिति २५ हजार, वागेश्वरी अटो इन्टरप्राइजेज (जयप्रकाश अग्रवाल)ले २१ हजार, कञ्चनपुर निर्माण व्यवसायी संघले ५१ हजार, भीमदत्त नगरपालिकाका प्रशासकीय अधिकृत सुवाष अधिकारीले १० हजार, होटेल ओपेरा प्रा.लिले ५० हजार, चेतराज जोशीले ११ हजार, कृष्णदत्त भट्टले ११ हजार, कञ्चनपुर उद्योग वाणिज्य संघले ५१ हजार, राजुदेवी मल्ल मेमोरियल टष्ट (जंग बहादुर मल्ल)ले एक लाख १० हजार, केदार एग्रो इण्डस्ट्रिज प्रालि (नारद पाण्डेय)ले ५१ हजार रुपैयाँ गरेर जम्मा १३ लाख ९६ हजार ९६ हजार ५ सय ८६ रुपैयाँ सहयोग गरेको नगरपालिकाले जनाएको छ ।

यस्तै जिन्सीतर्फ समेत सहयोग भएको छ । विभिन्न दाताहरुले जिन्सीका रुपमा विभिन्न प्रकारका खाद्यान्नलगायतका स्वास्थ्य र सरसफाइका सामग्रीहरु सहयोग गरेका छन् । भीमदत्त नगर प्रमुख सुरेन्द्र विष्टले महामारी कोरोना भाईरस रोकथाम तथा न्यूनीकरणका लागि सहयोगी दाताहरुप्रति अभाव प्रकट गर्दै आगामी दिनमा समेत जनताको साथ समर्थन आवश्यक
रहेको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया