Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना सङ्क्रमित ५४ पुगे

कोरोना सङ्क्रमित ५४ पुगे


काठमाडौं, वैशाख १७
कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हुनेको संख्या ५४ पुगेको छ । मंगलबार थप दुई जनामा कोरोना देखिएको हो । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा रौतहटका २४ र ३५ वर्षीय दुई पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

५४ जनामध्ये पूर्णरूपमा स्वस्थ भएर १६ जना मात्र घर फर्किएका छन् । अहिले ३९ जना सङ्क्रमित अस्पतालको आइसोलेसनमा रहेका छन् । संक्रमितहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । नेपालमा भएका कुनै पनि संक्रमितलाई अस्पतालको आईसीयूमा राख्नुपरेको छैन । रौतहटमा फेला परेका दुई सङ्क्रमितको नजिक रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङसमेत भइरहेको छ ।

यसैबीच, मोबाइल एप्लिकेसनमार्फत सबैभन्दा बढी काठमाडौँ जिल्लाका मानिसले कोभिड–१९ को स्वमूल्याङ्कन गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एप्लिकेसनमार्फत सर्वसाधारण सबैलाई कोभिड–१९ को लक्षण स्वमूल्याङ्कन गर्न सक्ने व्यवस्था गरेको छ । मन्त्रालयका प्रवक्ता डा देवकोटाले काठमाडौँपछि बारा, ललितपुर, रुपन्देही, मोरङ, भक्तपुर, सुनसरी, झापा, कास्की र चितवनका मानिसहरूले मोबाइल एपबाट स्वमूल्याङ्कन गरेका छन् ।

अहिलेसम्म २८ हजार १ सय २५ जनाले स्वमूल्याङ्कन गरिसकेका छन् । तीमध्ये ३ सय ९ जना रेड जोनमा परेका छन् । यसैगरी प्रदेशस्तरमा सबभन्दा बढी वाग्मती प्रदेशका सर्वसाधारणले स्वमूल्याङ्कन गरेका छन् । त्यसपछि प्रदेश नंं २, प्रदेश नं १, प्रदेश नं ५, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश छन् ।

अहिलेसम्म ५४ हजार ८ सय २६ जनामा कोभिड–१९ परीक्षण गरिएको छ । तीमध्ये १० हजार पिसिआर र ४४ हजार १९ -यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी)बाट गरिएका छन् । आरडीटीबाट सबभन्दा बढी सुदूरपश्चिम प्रदेशमा १२ हजार २ सय ८३ जनामा गरिएको छ । प्रदेश नंं १ मा चार हजार ८ सय २८, प्रदेश नंं २ मा पाँच हजार २ सय ४९, वाग्मती प्रदेशमा आठ हजार १४, गण्डकी प्रदेशमा चार हजार ९ सय ३६, प्रदेश नंं ५ मा पाँच हजार ३ सय २८, कर्णाली प्रदेशमा पाँच हजार १ सय ८१ जनामा आरडीटी परीक्षण गरिएको छ ।

यसैगरी अहिलेसम्म २२ हजार ९९ जना क्वारेन्टाइनमा छन् । तीमध्ये प्रदेश नं १ मा दुई हजार २ सय ८८, प्रदेश नंं २ मा एक हजार ५ सय १२, वाग्मती प्रदेशमा ३ सय ६१, गण्डकी प्रदेशमा ६ सय ७६, प्रदेश नं ५ मा १२ हजार १ सय ६४, कर्णाली प्रदेशमा तीन हजार ७ सय ७९ र सुदूरपश्चिम प्रदेशमा एक हजार ३ सय ९ जना क्यारेन्टाइनमा रहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x