एनसीआईटीको परियोजना प्रदर्शनी
काठमाडौं । नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी)को वार्षिक कार्यक्रम ‘एनसीआईटी फेस्ट’ सम्पन्न भएको छ । यसअन्तर्गत स्नातक अध्ययनरत अन्तिम वर्षका विद्यार्थीले तयार पारेका परियोजनाको एक दिने प्रदर्शनी तथा करियर फेयर सम्पन्न भएको हो ।
बालकुमारीस्थित कलेज परिसरमा भएको प्रदर्शनीका लागि ६० बढी कम्पनीलाई बोलाइएको थियो । यस कार्यक्रमको उद्देश्य एकेडेमिया र उद्योगबीचको अन्तर कम गर्नु रहेको कलेजले जनाएको छ । प्रदर्शनीमा सूचना प्रविधिसँग सम्बन्धित विभिन्न ५२ ओटा परियोजना राखिएको थियो । जसमा हाइकी–इम्पावरिङ ट्रेकिङ एडभेन्चर, इ–स्वास्थ्य, डिजास्टर न्युज क्लासिफिकेसन, पी–टु–पी लेन्डिङ एप, भर्चुअल फिटनेस कोच, हेल्थ मेट, सानो लगानी, होम अटोमेसन, क्लिनगभ, होस्टल फाइन्डर, क्रप रेकमेन्डेसन सिस्टमलगायतका परियोजनाहरू थिए । यसबाहेक ३७ स्टार्टअपको व्यापारिक योजना समेत प्रस्तुत भएको थियो । यसबाहेक ३७ स्टार्टअपको व्यापारिक योजना समेत प्रस्तुत भएको थियो । प्रदर्शनीको ५०० बढीले अवकोलन गरेका थिए । कार्यक्रममा क्लाउड फ्याक्ट्री, जब्सनिपर, नेपाल ओपेन सोर्स क्लब, भेरिस्क इन्फर्मेसन टेक्नोलोजी, लगपोइन्ट, स्विफ्ट टेक्नोलोजी आदि कम्पनीका प्रतिनिधिहरू आएका थिए ।
क्याटेगोरी : प्रविधि / शिक्षा, समाचार
ट्याग : #page 3
ताजा अपडेट
- नबिल बैंकको नयाँ शाखा मोरङमा
- एमसीसीकी सिइओ एलिस र पूर्व प्रधानमन्त्री देउवाबीच भेटवार्ता
- आईएमई पेबाट एसआईपी भुक्तानी
- गुल्मीको इन्द्रेगौँडामा ग्लोबल आईएमईको एक्सटेन्सन काउन्टर
- सांसदको दायित्व देशमा गुणस्तरीय कानुन बनाउने : नेत्री अग्रहरी
- सरकारले स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा लिन्छ : मुख्यमन्त्री पाण्डे
- चिनियाँ: प्रा. डा. झा सम्झौताको कार्यान्वयन चाहन्छन्
- दाङमा बस दुर्घटनाहुँदा १४ यात्रु घाइते
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया