ईयूको सुरक्षा सूचीबाट हटाउने पहल गर्न परिसंघको आग्रह
काठमाडौं । नेपाल उद्योग परिसंघले युरोपियन युनियनको सुरक्षा सूचीबाट नेपाललाई हटाउन आवश्यक पहल गर्न सरकारसँग आग्रह गरेको छ । परिसंघको प्रतिनिधि टोलीले सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसँग भेटेर नेपालको पर्यटन प्रवर्द्धनका लागि युरोपियन युनियनले राखेको सुरक्षा सूचीबाट हटाउन पहल गर्न आग्रह गरेको हो ।
परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले युरोपसँगको सिधा हवाई सम्पर्क पुनः स्थापित गर्न प्रभावकारीरूपमा अगाडि बढ्नुपर्ने बताए । युरोपका पर्यटकहरू धेरै खर्च गर्नेमध्येमा पर्ने भएकाले युरोपियन युनियनको सुरक्षा सूचीबाट जतिसक्दो छिटो हटाउनुपर्नेमा उनले जोड दिए । वैदेशिक मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत पर्यटन भएकाले नेपालको पर्यटन उद्योगको विकासका लागि सरकार एवम् निजी क्षेत्रबीच समन्वय, सहकार्यमा समेत उनले जोड दिए । परिसंघले पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राखेर पर्यटन समिति गठन गरेको जानकारी गराउँदै उनले निजी क्षेत्रकोतर्फ परिसंघ मन्त्रालयसँग नजिकमा रहेर काम गर्न प्रतिबद्ध रहेको बताए ।
परिसंघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सफलरूपमा सञ्चालनका लागि हवाई रुटको अभावमा चुनौती देखापरेको सन्दर्भमा मन्त्रालयको ध्यानाकर्षण समेत गराएको छ । परिसंघले नेपाललाई फिल्मी गन्तव्यका रूपमा विकास र प्रवर्द्धन गर्न, पर्यटकीय क्षेत्रमा पुग्ने सडक यातायात मार्गको स्तरोन्नतिको काम तोकिएको समयमा पूरा गर्न र हवाई टिकटमा मूल्य अभिवृद्धि कर लगाइएको विषयमा ध्यानाकर्षण गराएको हो ।
छलफलमा मन्त्री किराँतीले नेपाल युरोपियन युनियनको सुरक्षा सूचीबाट हटाउन पहल भइरहेको र छिट्टै सकारात्मक समाचार आउन सक्ने बताए । युरोपियन युनियनसँग पुनः सिधा हवाई सम्पर्क स्थापित गर्न नेपाल सरकार कठोररूपमा अगाडि बढ्ने उनले बताए । मन्त्री किराँतीले नेपाल गन्तव्य महँगो भइरहेको अवस्थामा हवाई टिकटमा मूल्य अभिवृद्धि कर लगाउने कुरामा आफ्नो असहमति राखेको बताए । उनले नेपालका दुर्गम स्थानमा सेवा प्रवाह गर्न ट्रंक रुटका लागि केही जहाज र नेपाल वायुसेवा निगमलाई प्रतिस्पर्धी बनाउन अन्तर्राष्ट्रिय उडानका लागि न्यारो बडी जहाज खरिद गर्ने तयारी भइरहेको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया