दोलखाका स्थानीय तहको ५५ करोड बढी बजेट फ्रिज
दोलखा । जिल्लाका नौवटा स्थानीय तहहरूले संघ र प्रदेश सरकारबाट आएको ५५ करोडभन्दा बढी बजेट खर्च गर्न नसकेर फ्रिज गएको छ । दुई नगरपालिका र सात गाउँपालिका रहेको दोलखाका नौवटा स्थानीय तहका लागि गत आर्थिक वर्ष २०७९/८० मा संघ र प्रदेश सरकारबाट पाँच अर्ब ७३ करोड ५४ लाख ९१ हजार सात सय रुपैयाँ बजेट आएको थियो ।
सोमध्ये ५५ करोड ७८ लाख १७ हजार पाँच सय रुपैयाँ बजेट खर्च हुन नसकेपछि फ्रिज गएको हो । गत आवमा सबैभन्दा बढी बजेट तामाकोशी गाउँपालिकाको फ्रिज भएको छ । पालिकाको संघ र प्रदेश सरकारबाट आएकामध्ये आठ करोड २० लाख ४६ हजार दुई सय ९८ रुपैयाँ बजेट फ्रिज भएको हो । यस्तै, शैलुङ गाउँपालिकाले आठ करोड सात लाख ७६ हजार एक सय रुपैयाँ बजेट फ्रिज पठाएको छ । त्यसैगरी, भीमेश्वर नगरपालिकाको सात करोड ८५ लाख ८४ हजार नौ सय ४३ रुपैयाँ, जिरी नगरपालिकाले तीन करोड ९१ लाख ४० हजार चार सय ७१ रुपैयाँ, कालिञ्चोक गाउँपालिकाले छ करोड ७६ लाख ९२ हजार नौ सय ७८ रुपैयाँ र गौरीशंकर गाउँपालिकाले पाँच करोड ७० लाख ३९ हजार आठ सय ७७ रुपैयाँ बजेट फिर्ता पठाएको कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाले जनाएको छ ।
कार्यालयका अनुसार मेलुङ गाउँपालिकाले सात करोड एक लाख ७५ हजार चार सय २० रुपैयाँ, बैतेश्वर गाउँपालिकाले पाँच करोड ४२ लाख ८७ हजार दुई सय १० रुपैयाँ र सबैभन्दा कम विगु गाउँपालिकाले दुई करोड ८० लाख ७४ हजार एक सय २९ रुपैयाँ बजेट खर्च गर्न नसकेपछि फ्रिज गएको छ । स्थानीय सरकारले खर्च गर्न नसकेको बजेट संघ र प्रदेश सरकारकै खातामा फिर्ता गर्नुपर्ने व्यवस्था छ । सोहीअनुसार खर्च हुन नसकेको उक्त रकम फिर्ता गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाले जनाएको छ ।
क्याटेगोरी : बिबिध, समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- हिमालयन रिको प्रमुख कार्यकारीमा पौडेल
- नबिल बैंकको नयाँ शाखा मोरङमा
- एमसीसीकी सिइओ एलिस र पूर्व प्रधानमन्त्री देउवाबीच भेटवार्ता
- आईएमई पेबाट एसआईपी भुक्तानी
- गुल्मीको इन्द्रेगौँडामा ग्लोबल आईएमईको एक्सटेन्सन काउन्टर
- सांसदको दायित्व देशमा गुणस्तरीय कानुन बनाउने : नेत्री अग्रहरी
- सरकारले स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा लिन्छ : मुख्यमन्त्री पाण्डे
- चिनियाँ: प्रा. डा. झा सम्झौताको कार्यान्वयन चाहन्छन्
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया