जनउत्थान सामुदायिक लघुवित्तको खुद मुनाफामा गिरावट
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको खुद मुनाफामा गिरावट आएको छ । संस्थाले आर्थिक वर्ष २०७९/८० मा एक करोड ६६ लाख ६३ हजार दुई सय ४० रुपैयाँ खुद मुनाफा कमाएको छ । संस्थाले कमाएको यो नाफा अघिल्लो आवको तुलनामा झण्डै तीन करोड रुपैयाँले कम हो । अघिल्लो आवमा भने संस्थाले चार करोड ९५ लाख ७६ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी १७ करोड ९१ हजार रुपैयाँ रहेको संस्थाले आव २०७९/८० मा ८१ करोड ९९ लाख ८० हजार एक सय ३० रुपैयाँ निक्षेप संकलन गरी दुई ५२ लाख ५५ हजार पाँच सय ३० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा नौ करोड ६० लाख २४ हजार तीन सय २० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ करोड ८४ लाख ८६ हजार एक सय ३० रुपैयाँ रहेको छ । नौ दशमलव ५१ प्रतिशत कर्जा निष्क्रिय रहेको संस्थाको स्प्रेडदर भने तीन दशमलव १२ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले ८१ करोड २२ लाख ९६ हजार पाँच सय ६० रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब २४ करोड ८० लाख ५७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १७ करोड १२ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा प्रोभिजन रकम भने चार करोड ६६ लाख ८७ हजार रुपैयाँ रहेको थियो । उक्त अवधिमा तीन दशमलव ९१ प्रतिशत कर्जा निष्क्रिय रहेको संस्थाको स्प्रेडदर भने सात दशमलव ६० प्रतिशत रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 6
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया