Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार५९ लघुुवित्तको स्थलगत निरीक्षण, २५ वटा राष्ट्र बैंकको कारबाहीमा

५९ लघुुवित्तको स्थलगत निरीक्षण, २५ वटा राष्ट्र बैंकको कारबाहीमा


सुरेश राउत
काठमाडौं, वैशाख २१
नेपाल राष्ट बैंकले ५९ वटा लघुुवित्त वित्तीय संस्थाहरुको स्थलगत निरीक्षण गरेको छ । राष्ट बैंकका अनुसार चालू आर्थिक वर्षको फागुुन मसान्तसम्ममा सञ्चालनमा रहेका ८९ वटा लघुुवित्त संंस्थाहरुमध्ये ५९ वटाको निरीक्षण गरिएको हो । यसरी निरीक्षण गरिएका संस्थाहरुमध्ये ५० वटा लघुवित्त वित्तीय संस्थाहरूको समष्टिगत स्थलगत निरीक्षण, पाँचवटाको लक्षित स्थलगत निरीक्षण तथा चारवटाको अनुगमन/विशेष निरीक्षण सम्पन्न गरिएको राष्ट बैंकले जनाएको छ ।

सो अवधिमा राष्ट बैंकको निर्देशनअनुसार न्यूनतम पुँजीकोष कायम गर्नुपर्ने व्यवस्थाको पालना नगरेबापत पाँचवटा लघुवित्त वित्तीय संस्थाहरूलाई शीघ्र सुधारात्मक कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ । यसबाहेक न्यूनतम अनिवार्य मौज्दात अनुपात कायम गर्नुपर्ने व्यवस्थाको पालना नगरेका २० वटा लघुवित्त वित्तीय संस्थाहरूलाई कारबाहीस्वरुप हर्जना लगाइएको राष्ट बैंकले जनाएको छ । कारबाही सामान्य भएको र कारबाही गरिएका संस्थाहरुको नाम सार्वजनिक गर्दा ती संस्थाहरुप्रति ग्राहक एवं सेयरधनीहरुले गर्ने विश्वासमा कम आउन सक्ने भन्दै ती संंस्थाहरुको नाम गोप्य राखिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

ग्रामीण क्षेत्रमा लघुुवित्त सेवा पु¥याउने उद्देश्यअनुुरुप २०७५ चैत १ देखि २०७६ फागुन मसान्तसम्म पाँचवटा नयाँ संस्थाहरू र एउटा वित्तीय मध्यस्थताको कारोबार गर्ने अनुमति प्राप्त गैरसरकारी संस्था समेत गरी जम्मा छवटा संस्थाहरूलाई ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्था लिमिटेडका रूपमा वित्तीय कारोबार गर्ने इजाजतपत्र प्रदान गरिएको जानकारी पनि राष्ट बैंकले दिएको छ ।

यसैगरी नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७५ मंसिर २४ गतेको निर्णयबाट ग्रामीण स्वावलम्बन कोषलाई साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडमार्फत सञ्चालन गर्ने सैद्धान्तिक सहमति भएअनुसार २०७६ असार ३१ गते नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडबीच त्रिपक्षीय मुख्य सम्झौता र २०७६ फागुन ८ गते त्रिपक्षीय पूरक सम्झौता सम्पन्न भएको छ ।

राष्ट बैंकका अनुसार उक्त सम्झौताबमोजिम कोषमा जम्मा रहेको बैंक मौज्दातलगायत सम्पूर्ण सम्पत्तिहरू (कर्जा फाइलहरू तथा अन्य सम्पत्ति)को रूपमा रहेको कुल रकम ९८ करोड ५६ लाख १६ हजार एक सय ७६ रुपैयाँमध्ये नेपाल सरकारको अंश ६७ करोड आठ लाख २५ हजार दुुई सय २७ रुपैयाँ र राष्ट बैंकको अंश ३१ करोड ४७ लाख ९० हजार नौ सय ४९ रुपैयाँ साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडलाई दिइएको छ । यसअन्तर्गत सावाँ वार्षिक रूपमा र ब्याज वार्षिक दुई प्रतिशतका दरले अर्धवार्षिक रूपमा २०७७ असारदेखि भुक्तानी गर्ने गरी १० वर्षका लागि मिति २०७६ साउन १ गते हस्तान्तरण गरिएको जानकारी पनि राष्ट बैंकले दिएको छ ।

लघुवित्तहरुले कर्मचारीहरुको वृत्ति विकासमा तीन प्रतिशत रकम खर्च गर्नुुपर्ने : नेपाल राष्ट्र बैंकबाट स्वीकृतिप्राप्त ‘घ’ वर्गका लघुुवित्त वित्तीय संस्थाहरुले आफ्नो तीन प्रतिशत रकम कर्र्मचारीरुको तालिम र वृत्ति विकासमा खर्च गर्नुुपर्ने भएको छ । राष्ट्र बैंकले लघुुवित्त वित्तीय संस्थाहरुको नाउँमा परिपत्र जारी गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

पछिल्लो समय लघुुवित्त वित्तीय संस्थाहरुको कार्यगत क्षमता तथा दायरा बढ्दै गएसँगै संस्थागत सुशासनको पालनामा पनि कहीँ कतै कमजोरीहरु देखिन थालेका छन् । यो अवस्थामा कर्मचारीहरु क्षमता विकास गरी संस्था र आमनिक्षेप तथा कर्जावाला ग्राहकप्रति उत्तरदायी बनाउन यो व्यवस्था कार्यान्वनमा ल्याउन निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यो निर्देशिकाअनुसार लघुुवित्त संस्थाहरुले आफ्ना कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्नका लागि प्रत्येक वर्ष कर्मचारीहरुको कुुल तलब भत्ताको तीन प्रतिशतले हुुन आउने रकम तालिम तथा वृत्ति विकासमा खर्च गर्नुुपर्नेछ । ‘तर यो व्यवस्था चालू आर्थिक वर्षको लागि भने अनिवार्य हुुनेछैन’, राष्ट्र बैंकले भनेको छ । हाल सातवटै प्रदेशमा ८९ वटा लघुुवित्त वित्तीय संस्थाहरु सञ्चालनमा छन् । यी संस्थाहरुको देशभर तीन हजार नौ सय ६९ वटा शाखाहरु सञ्चालनमा छन् । राष्ट्र बैंकका अनुुसार २०७६ असार मसान्तसम्ममा भने लघुुवित्त वित्तीय संस्थाहरुको कुुल शाखा संख्या भने तीन हजार छ सय २९ वटा शाखाहरु सञ्चालनमा रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x