सानिमा रिलायन्सका एजेन्सी म्यानेजरहरू सिंगापुरमा
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सबाट आव २०७९।८० मा उत्कृष्ट जीवनबीमा व्यवसाय गरेर एमडीआरटी हासिल गर्न सफल छ जना एजेन्सी म्यानेजरहरू सिंगापुरमा सञ्चालन हुने विश्वव्यापी सम्मेलनमा भाग लिन नेपालबाट प्रस्थान गरेका छन् । सम्मेलनमा भाग लिन जानेमा अभिकर्ताहरू नमिता न्यौपाने, श्याम गुरुङ, भावना तिम्सिना, हिमालदेवी गुरुङ, सिता भट्टराई र कल्पना बिष्ट रहेका छन् । कम्पनीले एक कार्यक्रमको आयोजना गरेर सम्पूर्ण एमडीआरटी हासिल गर्न सफल अभिकर्ताहरूलाई भव्यताका साथ बिदाई समेत गरेको छ ।
एमडीआरटी भनेको अभिकर्ताहरूको विश्वव्यापी सञ्जाल हो, जसमा भाग लिनका लागि जनवरीदेखि डिसेम्बरसम्म तोकिएको बीमा शुल्क संकलन गर्नुपर्ने हुन्छ । यस संस्थामा हालसम्म ७२ देशका पाँच सय कम्पनी आबद्ध छन् । बीमा अवधि र बीमाको किसिमलगायत विभिन्न मापदण्डमार्फत उक्त रकम हासिल गर्न सफल भएपछि मात्र कार्यक्रममा भाग लिन पाउने व्यवस्था रहेको हुन्छ । सन् २०२२ का लागि नेपालबाट एमडीआरटीमा भाग लिनका लागि ३७ लाख ९२ हजार तीन सय रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्नुपर्ने लक्ष्य रहेको थियो । सीओटीका लागि भने एक करोड १३ लाख ७६ हजार रुपैयाँ र टीओटीका लागि दुई करोड २७ लाख ५३ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्नुपर्ने प्रावधान रहेको थियो । यस संस्थाको लक्ष्य हासिल गर्नुलाई हरेक अभिकर्ताको प्रतिष्ठाको विषयको रूपमा लिइन्छ । अभिकर्ताहरूको क्षमता अभिवृद्धिका लागि यस संस्थाको सम्मेलन महत्वपूर्ण मानिन्छ । नेतृत्व विकास र क्षमता अभिवृद्धिका लागि एमडीआरटीलाई उत्कृष्ट अन्तर्राष्ट्रिय प्लेटफार्मको रूपमा रहेको हुँदा सम्पूर्ण सफल अभिकर्ताप्रति कम्पनी आभार व्यक्त गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 6
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया