काठमाडौँ । मंगलबार बेलुका वीरगन्जस्थित बाल सुधार गृहमा दुई पक्षबीच झडप हुँदा ३ प्रहरी र ११ जना कैदी बन्दी घाइते भएका छन् । भक्तपुरबाट केही समयअघि उक्त बालसुधार गृहमा लगेका कैदी बन्दीसहित १४९ जना कैदी बन्दी रहेका छन् । वीरगन्जमै रहेका केदी बन्दी र भक्तपुरबाट गएका कैदी बन्दीबीच पटक पटक झडपहुँदा बाल सुधार गृह वीरगन्ज तनावग्रस्त भएको छ ।
पर्साका प्रहरी उपरीक्षक कोमल साहले बुधबार बिहान स्थिति सामान्य भए पनि प्रहरीहरूको सुरक्षा सतर्कता कडा बनाएको जानकारी दिएका छन् । बाल सुधार गृहमा तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै भक्तपुरबाट गएका कैदीहरूले त्यहाँका नाइकेमाथि पनि आक्रमण गरेका छन् । स्थानीय अस्पतालमा घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया