Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचाररुपन्देहीमा सवारीसाधन दुर्घटना बढ्यो

रुपन्देहीमा सवारीसाधन दुर्घटना बढ्यो


बुटवल । पछिल्लो समय रुपन्देहीमा सवारीसाधन दुर्घटनाको संख्या बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार जिल्लाका पछिल्ला तीन वर्षमा धेरै नै सवारी दुर्घटना भएका छन् ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ सालमा दुई सय ४३ वटा सवारीसाधन दुर्घटनामा परेका थिए भने आव २०७८/७९ मा दुई सय ४४ वटा र आव २०७९/८० सालमा दुई सय २१ गरी तीन आर्थिक वर्षमा सात सय आठवटा सवारीसाधनहरू दुर्घटनामा परेका छन् ।

सबैभन्दा बढी मोटरसाईकल दुर्घटनामा परेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त सवारी दुर्घटनाबाट तीन आर्थिक वर्षमा दुई सय ५९ जनाको मृत्यु भएको छ भने चार सय दुई जना गम्भीर घाइते भएका थिए । कार्यालयको तथ्याङ्कअनुसार चालकको लापरवाहीले ५४ वटा, यात्रुको गल्तीले चार वटा, ओभरटेकका कारण पाँच वटा, तीव्र गतिका कारण दुई सय ५१ वटा, मापसेका कारण सात वटा, यान्त्रीक गडबडीका कारण सातवटा, ओभरलोडका कारण तीनवटा, सडकको अवस्थाका कारण मौसमको अवस्थाका कारण दुईवटा सवारी साधन दुर्घटनामा परेका छन् ।


क्याटेगोरी : प्रदेश समाचार, लुम्न्बिनी प्रदेश, समाचार
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया