Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो, रुकुम-पश्चिममा मात्रै ६२ जनाको मृत्यु

जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो, रुकुम-पश्चिममा मात्रै ६२ जनाको मृत्यु


जाजरकोट : जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५४ पुगेको छ। प्राप्त तथ्यांकअनुसार जाजरकोटमा ९२ र रुमुकपश्चिममा ६२ जनाको मृत्यु भएको हो। घाइतेको संख्या डेढ सयभन्दा माथि पुगिसकेको छ।

भूकम्पमा परी गम्भीर घाइते भएका रुकुमपश्चिमका तीन जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया