Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारछाडा गाईबाच्छा कामपाले काञ्जी हाउसमा राख्ने

छाडा गाईबाच्छा कामपाले काञ्जी हाउसमा राख्ने


काठमाडौँ । सडकमा भेटिएका छाडा गाईबाच्छाको काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गर्ने भएको छ । कात्तिक २३ गतेदेखि महानगरको सडकमा भेटिएका छाडा गाईबाच्छा सङ्कलन गरेर महानगर प्रमुख बालेन्द्र शाहले दक्षिणकाली नगरपालिका–७ स्थित कोपुगाउँमा रहेको काञ्जी हाउसमा राखिने सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

“सडकमा छाडिएका चौपायाले खान पाएका छैनन् । तिर्खा लागेका बेला पानी तथा बिरामी पर्दा उपचार पाउँदैनन् । सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ । उनीहरूलाई यी जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेका हौँ”, प्रमुख शाहले उल्लेख गरे ।

महानगर प्रमुख शाहले काञ्जी हाउसमा लगिने चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरिएको, हेरचाहका लागि दुई जना स्थानीयवासीलाई दैनिक ज्यालादारीमा राखिएको र दक्षिणकाली नगरपालिका–७ सँगको सहकार्यमा पानी, बिजुलीलगायत सुविधा उपलब्ध गराइने जानकारी दिए ।


क्याटेगोरी : पालिका समाचार, महानगर, समाचार

तपाईको प्रतिक्रिया