Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआर्थिक संकट टार्ने उपाय खोज्न गोलमेच सम्मेलन

आर्थिक संकट टार्ने उपाय खोज्न गोलमेच सम्मेलन


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक संकट टार्ने उपाए खोज्न गोलमेच सम्मेलन गर्न लागेका छन्। यसका लागि उनले मंसिर ४ गते बैठक राखेका छन्।

तनहुँको आबुखैरनीमा पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सोमबारका लागि बैठक बोलाएको बताए।

‘मैले सरकारको नेतृत्व गर्दा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा थियो। अहिले अर्थतन्त्रमा राम्रो सुधार आएको छ। तर दबाबमुक्त भइसकेको छैन,’ उनले भने, ‘अर्थतन्त्र सुधारका लागि मंसिर ४ गते मैले बृहत बैठक बोलाएको छु।’

उनले बैठकमा अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुने बताए। ‘उक्त बैठकले ठोस प्याकेज घोषणा गर्नेछ र अर्थतन्त्रमा सुधार ल्याइनेछ,’ उनले भने।

प्रधानमन्त्री दाहालले कात्तिक १५ गते पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित उपत्यकाका केन्द्रीय सदस्यहरूको बैठकमा गोलमेच बैठक बोलाउने तयारी भइरहेको बताएका थिए।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया