न्युयोर्क । नेवा गुठी न्युयोर्कको नवौँ महाधिवेशन उडसाइड रेस्टुरेन्टमा भव्यरुपमा सम्पन्न भएको छ । महाधिवेशनमा आगामी दुई वर्षका लागि नयाँ कार्य समिति चयनलगायत बितेका कार्यको प्रतिवेदन पेस गरिएको थियो ।
गुठीका संस्थापक बीके नेवाले पानसमा दियो बाली सुरु गरिएको उक्त कार्यक्रममा संस्थापक नेवाले नेवा गुठी किन र केका लागि स्थापना गरेको र त्यसको उद्देश्य के हो भन्नेबारे प्रकाश पार्दै गुठीलाई यहाँसम्म ल्याई योगदान गर्ने सबैलाई धन्यवाद दिए। उनले हुन लागेको निर्वाचनमा सबैलाई संयमित भई एक आपसमा सदभाव कायम गरी जान अनुरोध गरेका थिए ।
उक्त समारोहमा संस्थापक अध्यक्ष आदित्य महर्जन, पूर्वअध्यक्ष समिर महर्जनले नेवा गुठीबारे प्रकाश पार्दै सबैजना मिलेर गुठीलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।
सजना महर्जनले स्वागत भाषण गर्नुभएको उक्त कार्यक्रममा गुठीका महासचिव सन्तोष महर्जनले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष हृदय तुलाधरले आर्थिक प्रतिवेदन पेस गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि नेवा नखका अध्यक्ष महेन्द्र बज्राचार्यले गुठीका सबै पदाधिकारीलगायत सबैलाई आफूलाई सम्मान स्वरुप स्थान दिइएकोमा धन्यवाद दिँदै आगामी कार्य समितिका सबैलाई अग्रिम बधाई दिनु भएको थियो ।
गुठीका अध्यक्ष विजयमान सिंहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन भद्र र सभ्य रुपमा रामकृष्ण महर्जनले गर्नुभएको थियो । उक्त कार्यको सबैले प्रशंसा गर्दै रामकृष्ण महर्जनलाई बधाई दिएका थिए ।
कार्यक्रमको दोस्रो सत्रमा नयाँ कार्यसमितिका लागि चुनाव गराइएको थियो । अन्जन श्रेष्ठ निर्वाचन आयुक्त रहनुभएको उक्त कार्य सम्पन्न गर्न राजेन्द्र महर्जन र रोसन महर्जनले सहयोग गरेका थिए । अध्यक्ष पदका लागि दुई जनाले उम्मेदवारी दिनुभएको थियो । कार्य समितिका अरु पदाधिकारीलाई भने निर्विरोध निर्वाचित गरिएको थियो ।
अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएका गुठीका वर्तमान अध्यक्ष विजयमान सिंह र पूर्वउपाध्यक्ष सिर्जना तुलाधरलाई आआफ्नो कुरा राख्न लगाई सम्पन्न गरिएको निर्वाचनमा विजयमान सिंह १०६ मत ल्याई विजयी भए । सिर्जना तुलाधरले ६२ मत ल्याए ।
सोही दिन विहान नेवा गुठी र नेवा नख दुबै संस्था मिली नेपाल संवत् ११४४ को उपलक्ष्यमा भिन्तुना र्यालीको आयोजना गरी नेवारी बाजा बजाई नाचगान गर्दै शुभकामना आदानप्रदान गरिएको थियो ।
भिन्तुना कार्यक्रमका पाहुनाहरुलाई उसिनेको अण्डा र माछाको सगुन दिई रातो टीका लगाई दिएर नयाँ वर्षको शुभकामना आदानप्रदान गरिएको थियो । उक्त कार्यक्रममा अरु जातिका मानिसहरुको पनि ठूलो संख्यामा सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- महिलाहरुलाई दिल्लीमा बेचबिखन गरेको अभियोगमा बाँकेकी एक महिला पक्राउ
- छुट्टाछुट्टै सवारी दुर्घटनाबाट सात जनाको मृत्यु
- विभिन्न ठाउँमा चार व्यक्ति मृत अवस्थामा फेला
- अध्यादेश जारी गरेर भएपनि भूमिहीनलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्रीको प्रतिबद्धता
- विभिन्न ठाउँमा आगलागीबाट लाखौँको क्षति
- वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई लाई किन सोध्यो नेपाल नागरिक उड्डयन प्राधिकरणले सात दिने स्पष्टीकरण ?
- कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन: नेपालमाथिको अन्याय रोकिनुपर्छ
- सक्कली प्रहरीको फन्दामा नक्कली प्रहरी
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया