Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारइन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्कबीच सम्झौता

इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्कबीच सम्झौता


काठमाडौं । सोमबार समिति र प्रालिबिच पाँच वर्षका लागि दुई करोड ८८ लाख रकम न्यूनतम सट्टापट्टा बहाल र नियमानुसार महसुल बाँडफाँट गर्नेगरी चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्क प्रालिबीच सम्झौता भएको छ ।

सञ्चालक कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक मुकेशकुमार राठी र करार सम्झौता समितिका निर्देशक युवक डङ्गोलले हस्ताक्षर गरे । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले संस्थाले न्यूनतम शुल्क लिएर स्तरीय सेवा दिई वार्षिक एक सय ३० करोडभन्दा बढी आम्दानी गरिरहेको संचारकर्मीलाई बताए । गजुरेलले चोभार सुक्खा बन्दरगाह सञ्चालन सुरु भएको करिब २० महिनाको अवधिमा व्यापारिक प्रयोगमा वृद्धि भइरहेको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया