Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेकपा एसकोे महाधिवेशन २०८१ जेठमा

नेकपा एसकोे महाधिवेशन २०८१ जेठमा


काठमाडौँ । मंगलबार बसेको नेकपा एकीकृत समाजवादीको बैठकले राष्ट्रिय महाधिवेशनको नयाँ मिति तोकेको छ । उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले केन्द्रीय सचिवालय बैठकले आगामी २०८१ साल जेठ ३ गते देखि ७ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने गरेको जानकारी दिए ।

मंसिर २८ र २९ गते सचिवालय बैठक, पुस ९ गते स्थायी कमिटी, १० गते पोलिटब्युरो ११ र १२ गते केन्द्रीय कमिटी बैठक बस्ने निर्णय भएको प्रमुख खतिवडाले बताए । माघ १४ गतेदेखि १८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको मिति परिवर्तन गरेर जेठमा पुर्‍याएको हो । त्यस्तै माघ १४ र १५ मा सो पार्टीले राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया