Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररुसी सेनामा भर्ती हुन पठाउने ठूलो गिरोह प्रहरीको नियन्त्रणमा

रुसी सेनामा भर्ती हुन पठाउने ठूलो गिरोह प्रहरीको नियन्त्रणमा


रुसी सेनामा अबैध रुपले भर्ती हुन पठाउने एउटा ठूलो गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । उनीहरलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको प्रहरी स्रोतले आर्थिक दैनिकलाई बताएको छ ।

नियन्त्रणमा आएका उनीहरुबाट प्रहरीले थप सूचना लिएर अनुसन्धान गर्ने भएको छ । पक्राउ परेका मध्ये सुजाता दाहाल र हरि बिक मुख्य एजेन्ट रहेको खुलेको छ । उनीहरु दुबै जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

उनीहरुले नेपाल हुँदै भारतको नयाँ दिल्लीबाट रुस पठाउने तत्थ फेला परेको छ । यो बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । रुसी सेनामा कति संख्यामा नेपाली भर्ति भएका छन् भन्ने कुरा एकिन हुन नसकेपनि रुस युक्रेन युद्धमा परि हालसम्म ६ जनाले ज्यान गुमाईसकेको परराष्ट्र मन्त्रालयले बताएको छ ।


क्याटेगोरी : समाचार, सुलसुले

तपाईको प्रतिक्रिया