Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलाइफ केयर फर्मामा सिलबन्दी

लाइफ केयर फर्मामा सिलबन्दी


काठमाडौं । अवैधरूपमा औषधी बिक्री वितरण गर्ने लाइफ केयर फर्मामा प्रहरीले सिलबन्दी गरेको छ । बुढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित आदर्शनगर चोक नजिक रहेको लाइफ केयर फर्माले अवैधरूपमा औषधी बिक्री वितरण गर्ने गरेको फेला परेकाले सो पसलमा सिलबन्दी गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कपन एरियामा रहेका औषधी पसलहरूमा नियन्त्रित लागुऔषधको कारोबार भइरहेको भन्ने सूचना तथा जनगुनासोको आधारमा प्रहरीले मंगलबार दिउँसो प्रहरी प्रभाग कपनको समन्वयमा औषधी व्यवस्थापन विभाग, स्थानीय जनप्रतिनिधि र स्थानीय बासीहरूको उपस्थितिमा कपन एरियामा रहेको चारवटा औषधी पसलहरूको अनुगमन गरेको थियो । अनुगमनको क्रममा लाइफ केयर फर्माले अवैधरूपमा औषधी बिक्री वितरण गर्ने गरेको फेला परेको हो । उक्त औषधी पसलबाट एसके–वाईआईएमई २०० २३ ट्याबसहित ३६ प्रकारका औषधीहरू समेत औषधी व्यवस्था विभागले बरामद गरेको छ । यस्तै, अन्य तीन मेडिकलहरू ओखलढुङ्गा फर्मा, जेन्स हेल्थ केयर सेन्टर र सूर्याम्स फार्मेसीलाई सचेत गराइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया