Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारऋण मिनाहा गर्न सकिँदैनः अर्थमन्त्री

ऋण मिनाहा गर्न सकिँदैनः अर्थमन्त्री


काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले ऋण मिनाहा गर्न नसकिने बताएका छन् । ऋण मिनाह गर्नु भनेको बचतकर्ताको बचत सकिनु हो भन्दै उनले बचतकर्तालाई सरकारले अन्याय गर्न नसक्ने बताए ।

‘ऋण तिर्दिन भन्नु समस्याको समाधान होइन । यो बचतकर्ताको पैसा हो । ऋण मिनाहा भनेको बचतकर्ताको बचत सकिनु हो । त्यसको क्षतिपूर्ति कसले तिर्ने ? त्यही पैसा फिर्ता भएर बचतकर्ताले आवश्यक पर्दा लिन सक्छन् । बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन’, उनले भने, ‘सहकारी, वित्तीय संस्था र बैंकबाट धेरैले ऋण लिएका छन्, तिर्न कठिनाइ भएको छ । त्यसकारण अर्थतन्त्र खत्तम भयो भनेर प्रचारबाजी भएको छ । अवश्य पनि उनीहरुका लागि समस्या आयो ।’ नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा मन्त्री महतले समस्या आयो भन्दैमा यसबाट भाग्न नमिल्ने बताए ।

नेपालको अर्थतन्त्र बिग्रियो, बजारमा माग छैन, ऋण लिएको छ, तिर्न सकिएको छैन भन्ने सर्वसाधारणमा चिन्ता रहेको बताए । तत्कालीन सरकारले सीमित साधनस्रोत ठेक्कामुखी टावरमा लगानी गरेको, राष्ट्र बैंकले अथाह पुँजी प्रवाह गरेकोे, बैंकले सस्तै दरमा ऋण दिएको छ भन्ने आम मान्छेलाई लाग्नेजस्ता कारणले हाल समस्या देखिएको बताए । यस्तै, कार्यक्रममा उनले थाइल्यान्डमा उत्पादन सुरु भएको रेडबुल ब्रान्डको आयात रोकिएपछि उद्योग नै नेपाल आएको बताए । ‘रेडबुल अब नेपालमै उत्पादन सुरु भएको छ, यसले रोजगारी दिनेछ, मागअनुसार तीनवटै सिफ्ट फ्याक्ट्री सञ्चालन भयो भने तीन गुणा रोजगारी बढ्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 11

तपाईको प्रतिक्रिया