Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबजारमा भएको चीनीको अभाव केहि दिनमै समाधान हुने

बजारमा भएको चीनीको अभाव केहि दिनमै समाधान हुने


काठमाडौं । दसैँदेखि अभाव भएको चिनीको आपूर्तिमा सरकारले ध्यान नदिएकाले सरकारसँग स्टकमा चिनी नभएको र भारतबाट जी–टु–जी प्रक्रियाबाट ल्याउने भनिएको चिनी पनि गुणस्तर र मूल्य नमिल्दा ल्याउन नसकिएकाले बजारमा चिनीको अभाव देखिएको छ ।

अहिले बजारमा चिनीको अभाव चुलिएको हुँदा ग्राहकहरू चिनी खरिदका लागि पसल पुग्दा रित्तो हात फर्कनुपर्ने अवस्था रहेको खुद्रा व्यापार सङ्घका उपाध्यक्ष ध्रुवप्रसाद अधिकारीले बताए । उनका अनुसार अहिले व्यापारीहरूले समेत कतै चिनी किन्न पाएका छैनन् ।

उद्योग वाणिज्य तथा संरक्षण विभागले पछिल्लो पाँच दिन यता देखिएको चिनीको अभाव केही दिनमै समाधान हुने जनाएको छ । सूचना प्रवाहको कमजोरीका कारण मात्र बजारमा चिनीको अभाव भएको विभागका प्रवक्ता आनन्दराज पोखरेलले बताए ।

अहिले दैनिक पाँच–छ ट्रक चिनी आयात भइरहेकाले खुद्रा व्यापारीले डिलरहरूसँग सम्पर्क गरेर लिन सकिने उनले बताए । उखुको क्रसिङ् सिजन सुरु भएकाले चिनीको अभाव लामो समय नजाने उनको भनाइ छ ।

अहिले बजारमा देखिएको चिनीको अभाव दुई–तीन दिनमा समाधान हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिए । उपत्यका बाहिरका जिल्लाहरूमा चिनीको आपूर्तिमा कुनै समस्या नरहेको र उपत्यकाभित्र मात्र चिनी नआएकाले यो समस्या केही दिनमा नै समाधान हुने उनको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया