Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमौरीपालनबाट जन्मभूमिमा बसेर पनि आम्दानी गर्न सकिन्छ

मौरीपालनबाट जन्मभूमिमा बसेर पनि आम्दानी गर्न सकिन्छ


गण्डकी । गाउँमै मौरीपालनबाट मनग्य आम्दानी गरेर सबैका लागि अनुकरणीय बनेका कास्की जिल्लाको मादी गाउँपालिका–११ तोगी लम्तरीका विनोद ढकालले सहर झर्ने र विदेश जाने युवालाई आफ्नो जन्मभूमिमा बसेर पनि आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिएका छन् ।

तोगीगाउँ भन्दामाथि बस्ती नभएको चिसो भए पनि झुल्के घाम लाग्ने उक्त पाखोमा महत्त्वपूर्ण जडीबुटीको खानी तथा घना जङ्गल भएकाले मौरीका लागि प्रशस्त चरण क्षेत्र रहेको उनी बताउँछन् । समुद्री सतहबाट एक हजार दुई सय मिटरको उचाइमा रहेको विकट बस्तीमा मह र महुरीसहितको घार बिक्रीबाट एक वर्षको अवधिमा रू. सात लाख आम्दानी गरेको ढकालले बताए ।

उनका अनुसार एक वर्षको अवधिमा ३८ थान मौरीसहितको घार रू दश हजारमा बिक्री भएको छ । गाउँका अघिकांश घारमा सेरेना जातका मौरी रहेका छन् । उनको बुबाले विसं २०६७ देखि सुरु गरेको मौरीपालन यतिखेर व्यावसायिक रुपमा परिणत भएको ढकालले बताए । उमेरले समूहले नछेक्ने, खासै समय पनि दिनु नपर्ने, बिक्री हुँदैन कि भन्नु नपर्ने, मौरिपालनबाट राम्रो आम्दानी लिन सकिने हुँदा पैसा कमाउन जन्मथलो र परिवार छोडेर विदेश र सहरतर्फ भौँतारिनु नपर्ने उनको भनाइ थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया