Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमाओवादीद्वारा न्यायाधीशको पुत्लादहन

माओवादीद्वारा न्यायाधीशको पुत्लादहन


काठमाडौं : नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) विरुद्ध पक्राउ पुर्जी जारी भएको विरुद्धमा न्यायाधीशको पुत्लादहन भएको छ ।

बुधवार त्रिवी प्रवेश गेट किर्तिपुर तथा मंगलबजारमा ललितपुर जिल्ला समितिको आयोजनामा नेकपा केन्द्रिय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज भिमसेन घिमिरे (बिपिन) ललितपुर माहानगरपालिका इन्चार्ज महेश बज्राचार्य (बज्र), माहानगरपालिका सेक्रेटरी विकास महर्जन, गोदावरी नगर सेक्रेटरी मोहन सिवाकोटी लगायतको उपस्थितिमा पत्लादहन गरिएको हो ।

काठमाडौ जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा व्युताएर २०८०/०८/ १८ गते नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सहित चार जना नेताहरुलाई ३५ दिन भित्र प्रकाउ पुजीको आदेशको बिषयलाई लिएर उक्त पार्टिले घोषणा गरेको घोषित आन्दोलन अन्तर्गत फैसला गर्ने न्यायाधीश कमल प्रसाद ज्ञवालीको पुत्ला दहन गरेको हो ।

उक्त कार्यक्रममा सरकारसँग सहकार्य गरेको तीन बुदे सहमति कार्यान्वयन गर, गृहमन्त्री राजिनामा दे, नेकपा सँगको सहमति कार्यान्यन गर जस्ता नाराहरु समेत लगाइएको थियो ।

कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्दै पुत्लादहन गर्ने केहिलाई नियन्त्रणमा लिएरको र बाँकी समुह नारावाजी गर्दै पार्टी कार्यालय गएको थियो ।

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया