Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवर्षमा ६० लाख मन्त्रिपरिषद् बैठकको खाजा कटौतीबाट जोगिने

वर्षमा ६० लाख मन्त्रिपरिषद् बैठकको खाजा कटौतीबाट जोगिने


काठमाडौँ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स–साना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै सोमबारदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेका छन् ।

वर्षमा एक सयभन्दा बढी मन्त्रिपरिषद् बैठक हुने गरेका छन् । खाजा बापत प्रत्येक मन्त्रिपरिषद् बैठकमा करिब रु. ६० हजार खर्च हुने गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले मन्त्रिपरिषद्मा हुने खाजा कटौती भएसँगै वार्षिक करिब रु. ६० लाख जोगिएको बताए ।

सरकारको कार्यशैली बदल्ने घोषणा गरेका प्रधानमन्त्री प्रचण्ड सार्वजनिक बिदाका दिन बाहेक दैनिक १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुग्ने गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सुशासन र सुधारमा ससाना विषय पनि महत्वपूर्ण मानिने भएकाले आफ्नै कार्यालयबाट सुधारको थालनी गरेको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया