Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार११औँ नेपाली टोपी दिवस मनाइयो

११औँ नेपाली टोपी दिवस मनाइयो


काठमाडौं । ‘नेपाली टोपीः नेपाली पहिचान’ भन्ने मूल नाराका साथ ११ औँ नेपाली टोपी दिवस मनाइएको छ । जागरुक युवा अभियान नेपालले हरेक अंग्रेजी नयाँ वर्षको अवसर पारेर मनाउने टोपी दिवस सोमबार बसन्तपुरमा भेला भएर मनाएको हो ।

सदियौँदेखि नेपाली पहिचानको रूपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यु चोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पहिचानका रूपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आइएको छ । विगतदेखि नै नेपालीलाई चिनाउँदै आएको ढाकाटोपी र भादगाउँले टोपीलाई राष्ट्रिय पहिचानका रूपमा घोषणा गर्न समेत संस्थाले सरकारसँग माग गरेको छ । नेपाल बहुजातीय र बहुसांस्कृतिक मुलुक भएकाले यहाँ थुप्रै जातीय टोपीहरू पनि छन् । त्यसैले ती टोपीहरूको संरक्षण र प्रवद्र्धनमा ध्यान दिन पनि सरकारसँग जगारुक युवा अभियान नेपालले माग गरेको छ । नेपाली टोपीलाई राष्ट्रिय पहिचानका रूपमा घोषणा गराउनका लागि सामाजिक सञ्जालमार्फत पनि सरकारलाई दबाब दिन संस्थाले आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया