Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमित्रमिलन सहकारी ठगी काण्ड: पूर्वरजिष्ट्रार र सहकारीका अध्यक्षसहित ६ जना जेल चलान

मित्रमिलन सहकारी ठगी काण्ड: पूर्वरजिष्ट्रार र सहकारीका अध्यक्षसहित ६ जना जेल चलान


पोखरा । पोखरास्थित मित्रमिलन बचत तथा ऋण सहकारीको रकम ठगी प्रकरणमा जोडिएका पूर्व सहकारी रजिष्ट्रार उदयबहादुर पराजुलीसहित छ जना पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यको इजलासले पराजुलीसहित सहकारीको रकम हिनामिना आरोपमा पक्राउ परेका छ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।

सहकारी रजिष्ट्रारको कार्यालय पोखराका पूर्व रजिष्ट्रार पराजुली हाल कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् । स्याङ्जा वालिङ नगरपालिका वडा नं.११ धनपुरे निवासी उनीमाथि मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्ने भन्दै एक करोड बढी घुस लिएको आरोप छ ।

यसैगरी नुवाकोट तारकेश्वर गाउँपालिका वडा नं.१ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं.८ रामघाट बस्ने वर्ष ३५ को गोपाल खनाल,पोखरा महानगरपालिका वडा नं.१७ विरौटा बस्ने वर्ष ४२ का बुद्धिसागर पौडेल पनि सोही प्रकरणमा पुर्पक्षका लागि थुनामा गएका हुन् ।

यस्तै, कास्की पोखरा महानगरपालिका वडा नं.६ खहरे बस्ने वर्ष ३९ का राजु बराल, स्याङ्जा आँधीखोला गाउँपालिका वडा नं.४ घर भइ पोखरा ७ रत्नचोक बस्ने मित्र सहकारीका अध्यक्ष वर्ष ३२ का रमन पौडेल र पोखरा २३ खोरपाखा घर भइ हाल पोखरा ११ फूलवारीसहकारीका कार्यकारी अधिकृत वर्ष २८ का किरण अधिकारी पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

सहकारीका सञ्चालनहरुले बचतकर्ताको २६ करोड ८३ लाख रुपैयाँ हिनामिना गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । सहकारीका २९ जना विरुद्ध पक्राउ पूर्जी जारी भएपछि २३ जना अझै फरार छन् । जसमा पत्रकार र वकीलसमेत रहेका छन् ।


क्याटेगोरी : समाचार, सहकारी–कृषि

तपाईको प्रतिक्रिया