Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसूर्यदर्शन सहकारी ठगी प्रकरण: पूर्वसञ्चालक महेन्द्र भोटे र सञ्चालक भविश्वर अर्याल प्रहरी नियन्त्रणमा

सूर्यदर्शन सहकारी ठगी प्रकरण: पूर्वसञ्चालक महेन्द्र भोटे र सञ्चालक भविश्वर अर्याल प्रहरी नियन्त्रणमा


पोखरा । पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलनमा जोडिएका सञ्चालक समितिका पूर्व सदस्य शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र सञ्चालक भविश्वर अर्याल कास्की प्रहरी नियन्त्रणमा छन् । सहकारीको ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहँदै आएका गुरुङ र अर्याल आफ्ना कानून व्यवसायीसहित आँफै कास्की जिल्ला अदालत पुगेका थिए ।

अदालतमा आज बयान नसकिएकाले उनीहरुलाई प्रहरी नियन्त्रणमा लिएको कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) श्रवणकुमार विकले जानकारी दिए । उनीहरुको बयान भोलि बुधबार पनि निरन्तर हुने डिएसपी विकले बताए । गुरुङ पोखरा महानगरपालिका वडा नं.१० लालीगुराँस र अर्याल स्याङ्जा गल्याङ नगरपालिका वडा नं.९ का वासिन्दा हुन् ।

सहकारीका अध्यक्ष जिबी राइसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएकोमा १५ जना अझै फरार छन् । यसअघि पक्राउ परेका सहकारीका उपाध्यक्ष कैलाश दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।


क्याटेगोरी : समाचार, सहकारी–कृषि

तपाईको प्रतिक्रिया