Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारघुस लिइराखेको अवस्थामा पक्राउ परेकी सवइन्जिनियर विजयालक्ष्मीलाई कैद सजाय हुने

घुस लिइराखेको अवस्थामा पक्राउ परेकी सवइन्जिनियर विजयालक्ष्मीलाई कैद सजाय हुने


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा गत असोजमा घुस लिदालिदैँ पक्राउ परेकी चन्द्रागिरी नगरपालिकाको १४ वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सव–इन्जिनियर बिजया लक्ष्मी पन्तलाई कैद सजायको माग गरिएको छ । अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाका अनुसार पक्राउ परेकी पन्तलाई कैद सजाय र जरिवाना सजायको मागदावी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

अख्तियारले विज्ञप्तिमार्फत भनेको छ, ‘भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेको पुष्टि भएको हुँदा निज विजया लक्ष्मी पन्तलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)को कसुरमा बिगो २५ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवानाको सजाय हुन मागदावी लिई बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’

उनलाई भवन निर्माण सम्पन्न भएको प्रमाण–पत्र दिने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारबाट खटिएको टोलीले सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो । अनुसन्धानको सिलसिलामा चन्द्रागिरी नगरपालिका वडा नं.१४ को कार्यालय नयाँ नैकापमा कार्यरत असिष्टेन्ट सव–इन्जिनियर पन्तले सेवाग्राहीसँग भवन निर्माण सम्पन्न प्रमाणपत्र दिनको लागि २५ हजार रुपैयाँ घुस माग गरेकी थिइन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया