Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेसनल लाइफको ‘इम्प्लोइ स्किल इनह्यान्समेन्ट’ वर्कसप

नेसनल लाइफको ‘इम्प्लोइ स्किल इनह्यान्समेन्ट’ वर्कसप


काठमाडौंं । ‘एक्सेल एन्ड इलिभेट २०८०/८१’ नाराका साथ नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले तीन दिने ‘इम्प्लोइ स्किल इनह्यान्समेन्ट वर्कसप’ चितवनस्थित होटल सोल्टी वेस्टेन्डमा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सम्पन्न गरिएको उक्त कार्यक्रममा जीवनबीमा व्यवसायसँग सम्बन्धित विभिन्न पाटोका बारेमा विवेचनागरी आगामी वर्षको लागि तय भएको व्यावसायिक लक्ष्य र रणनीतिसँग प्रशिक्षित गराउने उद्देश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।

विभागीय प्रमुख तथा देशैभरबाट प्रशासनिक कर्मचारी गरी दुई सय जनाभन्दा बढीको सहभागिता भएको उक्त तालिम कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत खत्री गरेका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया