Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआयरल्याण्डका सभाध्यक्षको राष्ट्रपतिसँग भेट

आयरल्याण्डका सभाध्यक्षको राष्ट्रपतिसँग भेट


काठमाडौँ । आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बुट्टीमेरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । बिहीबार भएको भेटमा राष्ट्रपति पौडेलले वर्तमान सरकारको प्राथमिकता दिगो आर्थिक विकास भएको र त्यसले लोकतन्त्र, समावेशीकरण एवं सङ्घीयतालाई संस्थागत गर्न योगदान पुर्याउनेमा नेपाली जनता विश्वस्त रहेका बताए ।

राष्ट्रपति पौडेलले नेपाल र आयरल्याण्डबीचको सौर्हादपूर्ण सम्बन्धलाई अझ बलियो बनाउँदै भविष्यमा द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय क्षेत्रमा आपसी हितका विषयमा सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया