Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘प्रजातन्त्र पुन:स्थापनाका लागि नेता पाठकले पुर्याएको योगदान महत्वपूर्ण’

‘प्रजातन्त्र पुन:स्थापनाका लागि नेता पाठकले पुर्याएको योगदान महत्वपूर्ण’


जनकपुरधाम । बिहीबार सहिद सत्यनारायण पाठक प्रज्ञा–प्रतिष्ठान जनकपुरधामको आयोजनामा तत्कालीन पञ्चायत व्यवस्था विरोधी आन्दोलनका अगुवा नेता सत्यनारायण पाठकको ३६औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । कार्यक्रममा सहभागी दलका नेताले प्रजातन्त्र पुनःस्थापनाका लागि नेता पाठकले पुर्याएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रमका स्व. पाठकले प्रजातन्त्र पुनःबहाली, नागरिक अधिकार र सामाजिक हितका क्षेत्रमा पुर्याएको योगदान महत्वपूर्ण रहेको नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले बताए । २०४५ साल पुस २६ गते सार्वजनिक जग्गा अधिग्रहण गरी बस्ती बसाउने योजनाविरुद्धको आन्दोलनमा राज्य पक्षले पाठकको हत्या गरेको बताइएको छ ।

कार्यक्रममा कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियार, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, महन्थ नवलकिशोर बाबा ((यादव) लगायतले आ आफ्नो धारणा राखेका थिए । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य मिनाक्षी झाले परिवर्तन र सार्वजनिक हितका लागि पाठकले पुर्याएको योगदानको स्मरण गरिन् ।

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया